निजी स्रोतबाट विद्यालय भवन


बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म मावि खोचलेकले निजी स्रोतवाट दुई कोठे विद्यालय भवन निर्माण गरिरहेको छ । विद्यालयको निजी स्रोतले दुई कोठे एकतले भवन निर्माण कार्य जारी रहेको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिनुभयो ।
उक्त भवनको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । विद्यालयको रु १० लाखको लगानीमा उक्त भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । विद्यार्थीको चाप बढी हुँदा भवन अभाव भएपछि विद्यालयले आफ्नै लगानीमा कक्षाकोठा भवन निर्माण गर्न लागेको प्रधानाध्यापक नाथको भनाइे छ । यसका साथै सिटीइभिटीबाट आइएसी भेटेरेनरी डिप्लोमा र शिक्षा विभागबाट सिभिल इञ्जिीनियरको लागि पहल भएको र सम्बन्धन प्राप्त भएपछि आगामी शैक्षिक सत्रबाट उक्त विषयको पढाइ हुने बताइएको छ । कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा हाल प्राविधिक धारमा कृषि जेटिएको पढाइ हुँदै आएको छ । कूल ७५० विद्यार्थी अध्ययनरत सनातन धर्म मावि श्रीकोटमा कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट समेत पढाइ हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई