स्वतन्त्र विष्लेषक उमेश दुलाल र नेकपा नेता भीम रावल बीच ट्वीटरमा जुहारी



काठमाडौं, फाल्गुन, २८ : सरकारले सिके राउतलाई मूलधारमा ल्याउन गरेको सहमतिको बिषयमा पक्ष र विपक्ष विचमा जुहारी चलेको छ। जसले गर्दा सामाजिक सञ्जाल ट्विटरको टिएलको “माहौल” तातेको छ। 

नेकपाका नेता भीम रावलले  सरकारले सिके राउतसंग सहमति गरेर देश टुक्र्याउन लागेको आरोप लगाउँदै  “देश टुक्र्याउन खोज्नेलाई नायक बनाउन खोजिएको” भन्दै आपत्ति जनाएका छन् । जसलाई स्वतन्त्र विष्लेशक उमेश दुलालले खण्डन गरेका थिए। 

राउतसँग अपारदर्शी सम्झौता गरिएको भन्दै आपत्ति जनाएका रावलले पछिल्लो पटक सामाजिक सञ्जालमा स्वतन्त्र विष्लेषक उमेश दुलाललाई  व्यङ गर्दै फुलको आँखामा फुलै संसार गितको मर्ममा  ‘दलालहरूको आँखामा दलालै संसार’ भन्दै ट्वीट गरेका छन् ।

रावलले “नेपाल आमामालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन्” भन्दै आफ्नो ट्वीटमा उल्लेख गरेका हुन् ।

जसको जवाफ दिँदै दुलालले ट्वीट गर्दै भन्छन “सीके राउतका समर्थकले फेससेभिङ्गका लागि ‘जनमत संग्रह’को प्रचार गरे । यता भीम रावलहरु भने सीकेको मनाेबल बढाइदिन जनमत संग्रह नै भएकाे ठहर गरि दिए। भीम रावलहरुका वक्तब्यहरुले फाइदा हुने भएर नै होला सीके राउतले त्यसैलाई ट्वीट गरिरहेका छन् ।”

यस अघि उमेश दुलालले  विकिलिक्सले लिक गरेको नेपाल स्थित अमेरिकि दुताबासको केवललाई आधार बनाई “अमेरिकी दुताबासका खबरिलालहरुमा एकाएक राष्ट्रभक्ती जागेको” भन्दै भिम रावल माथि व्यङ्ग गरेका थिए। उनले ” विकिलिक्सका अनुसार भिव रावल (@BhimRawal179 ) अमेरिकन दुतावासका खबरिलाल पाे भन्छ त। सबै भन्दा बढी पटक मन्त्री सायद यहि कारणले भएका त हैनन्? जाे दुताबासकाे खबरीलाल हाे उनी नै चर्काे राष्ट्रवादी ? हैट!”  भन्दै ट्विट गरेका थिए।

हिजो देखिको चलेको जुहारी अझै सकिएको छैन । फैलिदो क्रममा रहेको छ ।    

प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई