पोष्ट खबर फ्याक्ट चेक – स्वास्थ्य खबरमा छापिएको “नेकपा महासचिव विष्णु पौडेलका ज्वाइकै लागि ट्रामा सेन्टरमा नयाँ दरबन्दी” नामक खबर गलत र भ्रामक

(आम सञ्चार माध्यम, अनलाईन पत्रपत्रिकामा छापिने समाचार तथा सामाजिक संजालमा भाइरल भएका विषयको छानबिन गरि सत्यता पाठक सामु ल्याउनको लागि हामीले “पोष्ट खबर फ्याक्ट चेक” सुरु गरेका छौं। कसै प्रति पुर्वाग्रह नराखी पाठकवर्गमा सत्यतथ्य पुर्याउनु हाम्रो उद्धेश्य हो – पोष्ट खबर टिम)
२०७६ साल जेठ ६ गते स्वास्थ्यखबर अनलाइनमा “नेकपा महासचिव विष्णु पौडेलका ज्वाइकै लागि ट्रामा सेन्टरमा नयाँ दरबन्दी, प्रक्रिया अघि नबढाउन लोकसेवालाई सर्वोच्चको आदेश” भन्ने खबर प्रवीण ढकालले लेखेका छन। त्यस समाचारमा प्रस्तुत गरिएका केहि तथ्यलाई सत्यताको कसीमा जाँच्ने प्रयास गरेको छौं।
१. आरोप— “न्युरो सर्जरी पछि तिन बर्षे डिग्री एमसिएच (पिएचडी सरहको तीन वर्षे कार्यक्रम) र एक बर्षे तालिमलाई समान हैसियत बनाएर नेकपा महासचिव विष्णु पौडेलका ज्वाईलाई मिल्ले गरि दरबन्दी श्रृजना गरिएको छ।”
समाचार लेखक प्रविण ढकाल आफै लेख्छन “शैक्षिक योग्यता अनुसार स्पाइनल सर्जरी सेवा दिन अर्थोपेडिक तथा न्युरो सर्जन योग्य हुन्छन। यी दुई विधा अध्ययनका क्रममा नै पाठ्यक्रममा स्पाइनल सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक अध्यास हुने गर्छ। यी सेवा दिन न्युरो सर्जनलाई स्पाइनल सम्बन्धी तालिम चाहिँदैन तर अर्थोपेडिक सर्जनलाई भने स्पाइनलमा ३ देखि ६ महिनाको छुट्टै तालिम (फेलोसिप) को आवश्यक हुन्छ। “
विवादमा रहेका डा.ढकाल अर्थोपेडिक सर्जन हुन र उनले स्पाइनल सर्जरीमा एक बर्षको तालिम (फेलोसिप) लिएका छन। तसर्थ उनी स्पाइनल सर्जरीका लागि योग्य डाक्टर हुन भन्नेमा कुनै द्धविधा रहेन ।
यसै गरि उक्त समाचार मै उल्लेखि छ कि अर्थोपेडिक सर्जन भई स्पाइनल सम्बन्धी ३ देखि ६ महिनाको तालिम व्यक्ती स्पाइनल सर्जनको लागि योग्य हुन्छ। त्यसैले पिएचडी सरहको तिन बर्षे कार्यक्रम र एक बर्षे तालिमलाइ समान हैसियत बनाइयो भन्ने लेखकको आरोप आफैमा विरोधाभाष युक्त छ।
२. आरोप— हाल खुला गरिएको विज्ञापनमा नेकपा महासचिव विष्णु पौडेलका ज्वाइलाई मात्र मिल्ने गरि “एक बर्षको फेलोसिप गरेको” भन्ने प्रावधान राखिएको छ।
प्रविण ढकाल लेख्छन “सरकारले हचुवाका भरमा एक जना व्यक्ती लाई मात्र मिल्ने गरि दरबन्दी सिर्जना गरि विज्ञापन समेत खुलाएपछि …..”

उक्त विज्ञापन अनुसार आवेदन दिन डा.ढकाल मात्र योग्य व्यक्ती हुन भन्नु गलत हो । नेपालमा अन्य डाक्टरहरु पनि उक्त विज्ञापन अनुसार आवेदन दिन योग्य छन। “पोष्ट खबर फ्याक्ट चेक” टिमलाई उक्त पोष्टमा आवेदन दिएका अर्का एक जना डाक्टरको प्रवेश पत्र प्राप्त भएको छ (व्यक्तीगत गोपनियताको लागि नाम र फोटोलाई हामीले छोपेका छौं) ।

यदी लेखकले लगाएको आरोपमा सत्यता भए (उक्त विज्ञापन अनुसार आवेदन दिन नेकपा महासचिवका ज्वाइमात्र योग्य थिए भने) ति डाक्टरले उक्त पदको लागि परिक्षा दिन कसरी योग्य भए? सामान्यतया आवेदनको जाँच गरे पछि विज्ञापन अनुसारको योग्यता देखिएमा मात्र परिक्षाका लागि प्रवेश पत्र जारी गर्ने परिपाटी रहेको छ। त्यसैले नेकपा महासचिवका ज्वाइ मात्र त्यस पदको लागि योग्य बनाउने गरि विज्ञापन गरियो भनेर गरिएको खबर भ्रामक मात्र नभएको झुटा समेत हो।
उक्त पदको पदपुर्ती लोक सेवा आयोग मार्फत खुला प्रतिस्पर्धा मार्फत गर्न लागिएको हो। कुनै व्यक्ती माथि व्यक्तीगत रिसिबी, राजनीतिक पुर्वाग्रह आदी साध्नको लागि लोक सेवा आयोग जस्तो सम्मानित संस्थालाई समेत जबरजस्ती विवादमा ल्याउन खोज्नु कुनै पनि दृष्टीकोणबाट उपयुक्त होइन।