विश्लेषक सौरभको दाबी गलत



साैरभले एपिवान टिभीलाई दिएको अन्तर्वार्ताकाे स्क्रिनसट

गत साउन ५ गते एपी वानको ‘तमसो मा ज्योतिर्गमय’ कार्यक्रममा प्रस्तोता टीकाराम यात्रीको एक प्रश्नको जवाफ दिँदै सौरभको नामबाट चिनिने राजनीतिक विश्लेषक दिनेश सत्यालले भनेका थिए:

मलाई जहाँसम्म एकदम सम्झना छ, २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ । १७ साल पछि आएर नक्सा (जारी) गर्दा त्यो चुच्चे छैन । उहाँ (ओली) ले फर्काएर ल्याउनुभो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालको समीक्षा गर्दै उनले यो दाबी गरेका थिए ।

सौरभको दाबी सही हो कि होइन भन्ने पत्ता लगाउन साउथ एसिया चेकले तथ्य जाँच गरेको छ ।

विसं २०१५ अर्थात् सन् १९५८ र १९५९ मा छापिएका हुलाक टिकटहरु

हुलाक सेवा विभाग अन्तर्गतको फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागका अनुसार विक्रम सम्वत २०१५ साल अर्थात् सन् १९५८ मा प्रकाशित दुई हुलाक टिकटमा नेपालको नक्सा प्रयोग गरिएको छैन । तिनमा काठमाडौँको आकाशमा चरा उडिरहेको चित्र भएको नेपालको पहिलो एयरमेल (हवाइ पत्र ) र मानव अधिकार दिवसको उपलक्ष्यमा प्रकाशित लुम्बिनी मन्दिरको चित्र भएको टिकट पर्दछन् । सन् १९५९ को फेब्रुअरीमा प्रकाशित पहिलो आम निर्वाचनसम्बन्धी हुलाक टिकटमा नेपालको नक्सा र झण्डा छ तर चुच्चे नक्सा छैन । सोही साल प्रकाशित अन्य हुलाक टिकटमा पनि नेपालको नक्सा छैन । सन् १९५४ मा नक्सा श्रृङ्खला अन्तर्गत प्रकाशित हुलाक टिकटमा नेपालको नक्सा छ तर चुच्चे नक्सा छैन ।

यो विवरण हामीले फिलाटेलिक तथा हुलाक व्यवस्थापन विभागमा उपलब्ध ‘नेपाल पोस्टेज स्ट्याम्प क्याट्लग १८८१-२०१५’ शीर्षक पुस्तकबाट लिएका हौँ। माथिका विवरणहरुको पुष्टि नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले पनि गरे । यसर्थ विक्रम सम्वत २०१५ सालको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा भएको लेखक सौरभको दाबी गलत ठहर्छ ।

southasiacheck.org बाट लिइएको

प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई