साउथ स्टार रश्मिकाले छाडेका ५ फिल्म


साउथ इन्डियन एक्ट्रेस रश्मिका मन्दना पछिल्लो समय चर्चामा छिन् । उनको सुन्दरता, मुस्कानको कयौं प्रशंसक छन् । गीता गोविन्दम र डियर कमरेडमार्फत बलिउडका दर्शक माँझ पनि उत्तिकै क्रेज बनाएकी रश्मिकाले बलिउडमा पनि पाइला टेक्दैछिन् । उनले बलिउडको २ फिल्ममा काम गर्दैछिन् । यद्यपि यतिबेला बलिउड मात्र नभई साउथ इन्डियन केही मेकर्स पनि उनलाई कास्ट गर्न चाहन्छन् । यद्यपि यतिबेला यी सुन्दरीसँग फुर्सद छैन । फुर्सद नभएर भनौं वा विविध कारणले उनले छोडेको केही फिल्मले राम्रै चर्चा पायो । आउनुस्, उनले छाडेका फिल्मको बारेमा चर्चा गरौं ।

मास्टर

भारतमा पहिलो लहरको कोरोना भाइरसले गरेको असर कम भएपछि रिलिज भएको फिल्म हो ‘मास्टर’ । तामिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज भएको फिल्मले सय करोड माथिको व्यापार गर्दै दर्शकलाई हलसम्म पनि तान्यो । साउथ फिल्म नगरीमा राम्रो फ्यान फ्लोअर्स भएका विजय थल्पथी अभिनित फिल्मको राम्रै चर्चा भएको थियो । केहीँ समय अगाडि ग्लोबल अनलाइन डाटाबेस आईएमडीबीले सन् २०२१ मा भारतमा अहिलेसम्म रिलिज भएका चर्चित फिल्म तथा वेब सिरीजको सूची सार्वजनिक गरेको छ । आइएमडीबीले सार्वजनिक गरेको वर्षको मध्यान्तरसम्म सूचीमा चर्चाको पहिलो स्थान तामिल फिल्म ‘मास्टर’ छ । फिल्ममा विजयसँगै विजय सेतुपतिको मुख्य भूमिका रहेको थियो । एउटा मास्टरले बच्चाहरुलाई अपराधिक बाटोबाट हटाउने कथा फिल्ममार्फत देखाइएको छ । यस फिल्मको लागि निर्माण पक्षले रश्मिकालाई प्रस्ताव गरेको थियो । यद्यपि उनले व्यस्तताको कारण देखाउँदै फिल्म गरिनन् । उनले फिल्म नगरेपछि निर्माण पक्षले यसमा माल्विका मोहनलाई कास्ट गरेको थियो ।

जर्सी

पछिल्लो फिल्म ‘कबिर सिंह’ को सफलताले बलिउडमा आफ्नो स्टारडमलाई शहिद कपूरले प्रस्ट्याईसकेका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘कबिर सिंह’ ले पाएको सफलताले मात्र होइन, उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । केहीँ समय अगाडि ‘कमिने’ र ‘हैदर’ जस्ता फिल्ममार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कविर सिंह पाएका छन् । शाहिद यतिबेला साउथको फिल्म ‘जर्सी’ को रिमेकमा व्यस्त छन् ।

‘अर्जुन रेड्डी’ को रिमेकपछि शाहिद पुनः रिमेकमा देखिँदैछन् । स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । त्यसपछि उनी नेशनल टिमसम्म कसरी पुग्छन् भन्ने विषयलाई फिल्ममा देखाइनेछ । उनको को-स्टारको रुपमा मृनाल ठाकुर छिन् । यस भूमिकाको लागि रश्मिकालाई अफर गरिएको थियो । यद्यपि उनले यो फिल्म पनि प्राविधिक कारण देखाउँदै गरिनन् । उनले आफ्नो भूमिकालाई लिएर निर्माण पक्षसँग असहमति राखेकी थिइन् ।

संजयलीला भन्सालीको प्रोजेक्ट

रश्मिकालाई एक फिल्मको लागि संजयलीला भन्सालीले पनि अफर गरेका थिए । उनले उक्त फिल्ममा रणदीप हुडासँग रश्मिकाको जोडी बाध्ने तयारी थालेका थिए । यद्यपि रश्मिकाले ‘नो’ भन्दा उनको यो प्रोजेक्ट अगाडि बढ्न सकेन । अन्ततः उनको अनटाइटल प्रोजेक्ट अझै ओझेलमै छ । बलिउडमा रणवीर सिंह, दीपिका पादुकोणको स्टारडम पछिल्लो समय संजयकै फिल्मको कारण बढेको थियो । तर, पछिल्लो समय बलिउडमा आफ्नो स्थान बनाउन लागेकी रश्मिकाले संजयको फिल्म नगर्दा यतिबेला खुसी भने छैनन् ।

श्याम सिंह राय

नानी स्टारर फिल्म ‘श्याम सिंह राय’ मा पनि रश्मिकालाई निर्माण पक्षले अफर गरेको थियो । तर, उनले फिल्मको कथा मन नपरेको भन्दै गरिनन् । अन्ततः यो फिल्ममा मेकर्सले साइ पल्लवीलाई कास्ट गरे । फिल्म मेकर्सलाई ‘नो’ भन्नुको कारण कथा भनिएता पनि उनले सेकेन्ड लिड रोल गर्न नचाहेको बताइएको छ ।

किरिक पार्टी

रश्मिकाकै डेब्यु फिल्मसमेत रहेको ‘किरिक पार्टी’ बलिउडमा रिमेक हुने चर्चा नचेलेको होइन । त्यहीँ फिल्ममार्फत रश्मिकाले साउथ इन्डियन फिल्म नगरीमा पाइला टेकेकी थिइन् । यद्यपि उनले बलिउडमा हुने रिमेकमा भने अभिनय गर्न मानिनन् । फिल्ममा एक्टरको रुपमा कात्तिक आर्यनको नाम आएको थियो । यद्यपि पछिल्लो समय यो फिल्म बन्ने/नबन्नेबारे अन्यौलता बढिरहेको छ । न्युज कारखानावाट

प्रतिक्रिया दिनुहोस  
नायक पल शाहले प्रहरीसामु आज आफैं उपस्थित हुने घोषणा गर्दै यस्तो लेखे स्टाटस

काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन   

मनाङ, ४ कात्तिक (रासस) ः नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि

१६ वर्षपछि शोभितकै फिल्ममा भुवन र शिव अनुबन्धित

नेपाली फिल्म नगरीमा सदावहार अभिनेताको ट्याग पाएकी भुवन केसी र एक्सन स्टार शिव श्रेष्ठले पहिलो

संजयलीला भन्सालीको सिरिजमा मनिषा

एजेन्सी, २९ साउन । गत सोमबार बलिउडका चर्चित निर्देशक संजयलीला भन्सालीले बलिउडमा आफ्नो २५ वर्ष पुरा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई