१६ वर्षपछि शोभितकै फिल्ममा भुवन र शिव अनुबन्धित


नेपाली फिल्म नगरीमा सदावहार अभिनेताको ट्याग पाएकी भुवन केसी र एक्सन स्टार शिव श्रेष्ठले पहिलो पटक ‘२५ बसन्त’ मा काम गरेका थिए । त्यसपछि केहीँ पाकिस्तानी फिल्मसँगै चिनो, राँको, सपना लगायतका सफल फिल्ममा काम गरिसकेका शिव र भुवन निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अनुबन्ध भएका छन् । झन्डै १६ वर्ष अगाडि राजु, राजा, राम फिल्ममा भुवन र शिवले राजेश हमालसँग स्क्रिन शेयर गरेका थिए । जसलाई पनि शोभितले नै निर्देशन गरेका थिए ।

शिव र भुवनको फिल्म यात्रा उस्तै-उस्तै समयको भएता पनि यी दुईले औंलामा गन्न सकिने फिल्ममा मात्रसँगै काम गरेका छन् । भुवन यसलाई संयोग मान्छन् । उक्त समयमा कम फिल्म बन्ने र सेड्युल नमिलेको कारण मात्र अभिनयसँगै नभएको भुवन बताउँछन् । उनले यतिबेला फिल्म गर्नुको कारण शोभितको निरन्तरतालाई दिए । ‘शोभितले फिल्म निर्माण तथा निर्देशनमा दिइरहेको निरन्तरताले मलाई फिल्म गर्न बाध्य बनायो । उ पुरानो फिल्मकर्मी हो, त्यसैले उसको निरन्तरतामा मेरो साथ छ,’ भुवनले भने ।

निर्माण पक्षले भुवनलाई अनुबन्धित गरेसँगै छायांकनको सेड्युल आगामी भदौ ५ बाट तय गरेको छ । काठमाडौं र चित्लाङ आसपासमा खिचिने फिल्मको छायांकन अवधि ६० दिनको रहनेछ । फिल्ममा  गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेल यसअघि नै फाइनल भइसकेका छन् ।

करिब १६ वर्षपछि भुवन र शिवले सहकार्य गर्न लागेका हुन् । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, राम्जी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ । न्युज कारखानावाट

प्रतिक्रिया दिनुहोस  
नायक पल शाहले प्रहरीसामु आज आफैं उपस्थित हुने घोषणा गर्दै यस्तो लेखे स्टाटस

काठमाडौं । नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमा

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन   

मनाङ, ४ कात्तिक (रासस) ः नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि

संजयलीला भन्सालीको सिरिजमा मनिषा

एजेन्सी, २९ साउन । गत सोमबार बलिउडका चर्चित निर्देशक संजयलीला भन्सालीले बलिउडमा आफ्नो २५ वर्ष पुरा

साउथ स्टार रश्मिकाले छाडेका ५ फिल्म

साउथ इन्डियन एक्ट्रेस रश्मिका मन्दना पछिल्लो समय चर्चामा छिन् । उनको सुन्दरता, मुस्कानको कयौं प्रशंसक छन्

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई