प्रदेशको राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने


विराटनगर, २५ चैत (रासस) ः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले भन्नुभयो, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ ।” मुख्यमन्त्री राईले पत्रकारको दक्षता अभिवृद्धिका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने बताउँदै सञ्चार क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार संवेदनशील रहको छ भन्नुभयो । सो अवसरमा उहाँले लोकान्तर अनलाइनका समाचारदाता सुमन सुस्केरा (चिरञ्जीवी तिम्सिनालाई) रु ११ हजार १११ नगदसहित उक्त पुरस्कारबाट सम्मान गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने आवश्यकता औल्याउनुभयो । प्रेस चौतरी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष विक्रम लुइँटेल, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, नेपाल प्रेस युनियनका लीलावल्लभ घिमिरे, सेन्टरका जिल्ला अध्यक्ष गोकुल पराजुली लगायतले पत्रकारलाई न्यूनतम पारिश्रमिक भुक्तानीको वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ :महासचिव शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने

एमालेको नीति : ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य,चुनावमा आमनेसामने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई