हडताल गर्ने सरकारी चिकित्सकमाथि कार्वाहिको तयारी

काठमाडौं– ५ दिनदेखि ओपीडीको काम ठप्प पारेर हडतालमा उत्रिएका सरकारी चिकित्सकमाथि सरकारले कार्वाहीको तयारी गरेको छ ।
मन्त्रिपरिषद् बैठकबाट अत्यावश्यक सेवामा अड्ताल गर्न नपाइने निर्णय गरेको सरकारले आन्दोलन रोकेर काममा नफर्किए कारबाही गर्ने चेतावनी दिएको हो ।
आम नेपालीले तिरेको करबाट ठूलो धनराशि खर्च गरी उत्पादन गरिएका चिकित्सकहरुले नेपाली नागरिकले संविधानतः पाउनुपर्ने स्वास्थ्य सेवालाई सुचारु गर्न परम कर्तव्य भएको स्मरण गराउँदछौं’, स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरायाईँले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘मन्त्रालयको यस अपिललाई वेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ र अन्य प्रचलित कानुनको अधिनमा रही कारबाही प्रक्रिया अघि बढाउन नेपाल सरकार बाध्य हुने व्यहोरा जानकारी गराइन्छ ।’