कविता सङ्ग्रह ‘छन्द लहरी’ विमोचन   


पाल्पा, २३ असोज (रासस) ः
साहित्यकार गणेश आत्रेयद्वारा रचित कविता सङ्ग्रह ‘छन्द लहरी’ को पाल्पामा विमोचन भएको छ । साहित्यकार तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कृतिको विमोचन गर्नुभएको हो । ‘छन्द लहरी’ मा १२१ कविता समेटिएको छ । धवल पुस्तकालय पाल्पाद्धारा आयोजित सो कार्यक्रममा कवितामा दार्शनिक चेतना, ईश्वरप्रतिको भरोसा, वर्तमान समाजमा देखिएको विकृतिप्रतिको चिन्ता, श्रमप्रतिको सम्मान, सामूहिक चेतना प्रतिबिम्वित रहेको ज्ञवालीले बताउनुभयो ।

साहित्य सिर्जनाले वर्तमान समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै आत्मविश्वास जगाउन सचेत रहनुपर्ने ज्ञवालीको धारणा थियो । वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कवि आत्रेयको ‘छन्द लहरी’ कर्ममा आधारित चेतनामूलक कृति रहेको औल्याउनुभयो ।

साहित्यकार तथा समालोचक डा शङ्करप्रसाद गैरेले कृतिमा १२१ कविता समेटिएको पठनीय सामग्री रहेको बताउनुभयो । नेकपा एमालेका नेता ठाकुर गैरे, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष हरि भट्टराईलगायतले कृतिकारलाई साहित्यका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भएकाले त्यसतर्फ लेखनलाई जारी राख्नुपर्ने बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस  
आमा

  मैले रूदा, पिडा पोख्न — आमा भनें ! अभावमा , आवश्यकता पुरा गर्न —

आफू त कम्युनिस्ट हुनै सकिएन

आफू त कम्युनिस्ट हुनै सकिएन त्यस‌ै भएर केही पनि गर्न सकिएन आर. आर. चौलागाईं देशको

म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु

काठमाण्डौ ,फागुन २४। वात्सल्यताको छाता ओडेर निश्चलता सहित छुनुमुनु गर्ने सुन्दर छोरीको रूपमा….! आदर ,

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु, विश्वका कुनै पनि देशबाट किताब यात्राको अनलाइनमार्फत किताब मगाउन सकिने

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रबर्द्धनको नेपाली अभियान ‘किताब जात्रा’ले विश्व

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई