दशैं…. सम्झना


महिनौ अगाडि टेलरलाई
कपड़ा सिलाउन दिएको
घर घर गई रमाउँदै
ठुलाको आशिष लिएको

कहिले दशैं आउला र
मामाघर जाउँला भनेर
झल्झल्ती आउँछ सम्झना
राखेको दक्षिणा गनेर

दशैं विदामा बासित
घुम्न गएको बजार
आमाले मिठो खुवाको
सम्झना आउँछ हजार

हल्ला खल्ला र रमाईलो
त्यो गाउँ अहिले त रित्तो छ
हराभरा त्यो जन्मघर
कहालीलाग्दो भित्तो छ

आमाको स्नेह र बाबाको प्रेम
हृदयभरी टाँसेकी छु
वहाँहरुकै प्रेमको शक्तिले
दुखमा पनि हाँसेकि छु

हृदय रमाउने यादहरु
जोडिएका छन् दशैसँग
तिनैलाई सम्झी उमार्नु छ
बाँचिन्जेल मनमा उमंग

तनुजा पोखरेल
मनासस, भर्जिनिया

प्रतिक्रिया दिनुहोस  
आमा

  मैले रूदा, पिडा पोख्न — आमा भनें ! अभावमा , आवश्यकता पुरा गर्न —

आफू त कम्युनिस्ट हुनै सकिएन

आफू त कम्युनिस्ट हुनै सकिएन त्यस‌ै भएर केही पनि गर्न सकिएन आर. आर. चौलागाईं देशको

म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु

काठमाण्डौ ,फागुन २४। वात्सल्यताको छाता ओडेर निश्चलता सहित छुनुमुनु गर्ने सुन्दर छोरीको रूपमा….! आदर ,

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु, विश्वका कुनै पनि देशबाट किताब यात्राको अनलाइनमार्फत किताब मगाउन सकिने

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रबर्द्धनको नेपाली अभियान ‘किताब जात्रा’ले विश्व

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई