भारतीय जनरल रावत चढेको हेलिकप्टरको भिडियो भन्दै भ्रामक दाबी


दीपक अधिकारी/साउथ एसिया चेक

गत मंसिर २२ गते भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर तमिलनाडुमा दुर्घटनाग्रस्त हुँदा उनी सहित उनकी श्रीमती मधुलिका र अन्य ११ जनाको निधन भएको थियो । उनको निधनपछि भारतमा र नेपालमा पनि त्यस दुर्घटनाबारे समाचार प्रकाशित भएका थिए । साथै सामाजिक सञ्जालमा पनि उक्त दुर्घटनाको भिडियो र फोटो शेयर गरिएको थियो ।

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले गत मंसिर २१ गते आफ्नो फेसबुक एकाउन्टमा एउटा भिडियो शेयर गरेका थए । उक्त भिडियोमा भारतीय सेनाको हेलिकप्टर पहाड र जंगलको बीचबाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको देखिन्छ । फेसबुकमा १ लाख १४ हजार फलोअर्स भएका उपाध्यायले उक्त भिडियोसँगै ‘अलिकतिले सेनाध्यक्ष बिपिन रावत दुर्घटना भएको रहेछ’ लेखेका छन् । उनले उक्त पोष्ट अहिले हटाएका छन् । तर त्यस अघि नै त्यसलाई ५०० भन्दा बढीले फेसबुकमा शेयर गरेका थिए भने २५५ वटा प्रतिक्रिया थिए । त्यस्तै १८०० भन्दा बढी लाइकसहितका प्रतिक्रिया जनाइएको थियो ।

उक्त भिडियो अर्को सामाजिक सञ्जाल टिकटकमा पनि फैलिएको छ । टिकटक प्रयोगकर्ता @anujyadav6660 ले गत मंसिर २१ गते सोही भिडियोमा यस्तो क्याप्सन लेखेका छन्, ‘रियल भिडियो हो । हेलिकप्टर क्र्यासबाट इण्डियन आर्मी सिडिएस (चिफ अफ आर्मी स्टाफ) बिपिन रावतको आरआईपी (रेस्ट इन पिस )’ । उक्त भिडियो ४५२ पटक शेयर भएको छ भने ६ लाखभन्दा बढी पटक हेरिएको छ । त्यसमा ३१ हजार ६ सयभन्दा बढी प्रतिक्रिया आएका छन् । त्यस्तै सोही भिडियो युट्युबमा हन्त काली नामक अकाउन्टबाट पनि भीम उपाध्यायको पोष्टमा रहेको क्याप्सनसहित शेयर गरिएको छ ।

तथ्य जाँच

साउथ एसिया चेकले उक्त भिडियोको तथ्य जाँच गरेको छ । सबैभन्दा पहिले हामीले भिडियोलाई फेसबुकबाट डाउनलोड गरी इनभिड नामक इन्टरनेट सामग्रीमा अपलोड गर्यौ । इनभिडले उक्त भिडियोलाई फोटोहरुमा परिणत गरिदियो । हामीले ती फोटोहरुलाई गुगलमा रिभर्स इमेज सर्च गर्दा उक्त भिडियो गत मंसिर २ गते भारतको उत्तरपूर्वी राज्य अरुणाचल प्रदेशमा भएको दुर्घटनाको रहेको फेला पार्यौ । भारतीय टेलिभिजन जी न्युजको वेबसाइटमा प्रकाशित समाचार अनुसार प्राविधिक गडबडीपछि भारतीय नौसेनाको उक्त हेलिकप्टरले आकस्मिक अवतरण गर्दा दुर्घटनामा परेको थियो । भारतीय समाचार संस्था एसियन न्युज इन्टरनेसनलका अनुसार त्यसमा दुई पाइलट र अन्य तीन जना सवार थिए । ती सामान्य घाइते भएको समाचारमा जनाइएको छ ।

झण्डै तीन साता अघि भएको हेलिकप्टर दुर्घटनाको भिडियोलाई भारतीय सेनाध्यक्ष बिपिन रावत चढेको भिडियो भन्दै टिकटक र फेसबुकमा भ्रामक दाबी गरिएको छ ।

southasiacheck.org बाट लिइएको

प्रतिक्रिया दिनुहोस  
सामाजिक सञ्जालमा भाइरल भिडियोमा लडेको भनिएका व्यक्ति प्रचण्ड नै हुन्

टिकटकमा भाइरल भएको भिडियोको स्क्रिनसट सामाजिक सञ्जाल ट्वीटर, टिकटक र फेसबुकमा यतिखेर एउटा भिडियो क्लिप

नेपालमा हालै आएको बाढी भन्दै टिकटकमा भाइरल यी भिडियो विदेशका हुन्

विश्वभरमा मासिक १ अर्ब प्रयोगकर्ताहरु सक्रिय रहेको भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा प्रयोगकर्ताहरुको वृद्धिसँगै भ्रामक

के बुद्ध एयरको एटिआर जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेकाले जहाजमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल थिए ?

गत असोज ११ गते काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुलेकाले काठमाडौंमा

विश्लेषक सौरभको दाबी गलत

साैरभले एपिवान टिभीलाई दिएको अन्तर्वार्ताकाे स्क्रिनसट गत साउन ५ गते एपी वानको ‘तमसो मा ज्योतिर्गमय’

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई