सामाजिक सञ्जालमा भाइरल भिडियोमा लडेको भनिएका व्यक्ति प्रचण्ड नै हुन्



टिकटकमा भाइरल भएको भिडियोको स्क्रिनसट

सामाजिक सञ्जाल ट्वीटर, टिकटक र फेसबुकमा यतिखेर एउटा भिडियो क्लिप भाइरल भएको छ । भिडियोमा एउटा ओरालो बाटोबाट एक हुल मानिस हिँडिरहेका छन् । तीमध्ये एकजना चिप्लिएर लड्छन् । ती व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता प्रचण्ड भएको दाबी गरिएको छ ।

गत पुस १४ गते @Kiranjoshi235 नामक ट्वीटर प्रयोगकर्ताले ‘प्रचण्ड चिप्लिएको अवस्था । दुई शब्द जाओस्न’ भन्दै उक्त भिडियो क्लिप शेयर गरेका छन् । उक्त ट्वीट ३१ पटक रिट्वीट भएको छ भने २२ पटक त्यसलाई उद्धहरण गरिएको छ । सोही ट्वीट @329shankar नामक ट्वीटर प्रयोगकर्ताले पनि शेयर गरेका छन् । टिकटकमा @tembagrg1 नामक एकाउन्टबाट पुस १३ मा पनि सोही भिडियो क्लिप शेयर गरिएको छ । उक्त भिडियोमा १४ हजार बढी प्रतिक्रिया आएको छ भने ३ लाख भन्दा बढी पटक हेरिएको छ ।

हामीले उक्त भिडियोमा लडेका व्यक्ति प्रचण्ड हुन् कि हैनन् भनी तथ्य जाँच गरेका छौँ ।

उक्त भिडियोमा देखिएका व्यक्तिहरुको तस्बिर प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले आफ्नो फेसबुकमा गत कात्तिक २५ गते शेयर गरेकी थिइन् । त्यसमा उनले ‘डोल्पाको विविध कार्यक्रमको क्रममा’ भन्ने स्टाटस लेखेकी थिइन् । त्यसको एक दिनअघि उनले सोही कार्यक्रमका फोटो सहित यस्तो स्टाटस लेखेकी थिइन्, “अध्यक्ष कमरेड प्रचण्ड सँगै अर्थ मन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत लगायत नेताहरुको आतिथ्यतामा डोल्पाको डोल्पो बुद्ध नेकपा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष लगायत सम्पुर्ण वडा अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश कार्यक्रम लगायत डोल्पाको विभिन्न ठाउँको अवलोकन साथै जनतासँग भेटघाट ।”

उक्त कार्यक्रमबारे केही अनलाइनले समाचारसमेत प्रकाशित गरेका छन् । हामीले सो भिडियो क्लिपलाई बीच बीचमा रोकेर त्यहाँ देखिएका मान्छे, तिनका पहिरन, हाउभाउ र गंगा दाहालले फेसबुकमा शेयर गरेका फोटो बीच तुलनात्मक अध्ययन गर्यौ । भिडियोमा प्रचण्डसँगै देखिएका तीन जना र फोटोमा देखिएका मध्येका तीन जनालाई हामीले पहिचान गर्यौ । भिडियोमा प्रचण्ड लड्नुअघि उनको पछाडिको भाग मात्र देखिएता पनि उनको पहिरन, हिँडाइ र उनीसँग रहेका व्यक्तिहरुको पहिचानबाट हामी भिडियो क्लिपमा लडेका व्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हुन् भन्ने निष्कर्षमा पुग्यौँ ।

बायाँतिर भिडियोको स्क्रिनसटमा देखिएका व्यक्ति र दायाँ तस्बिरमा रातो घेरा भित्रका व्यक्ति एउटै हुन्

बायाँतिर भिडियोको स्क्रिनसटमा देखिएको रातो घेरा भित्रका व्यक्ति र दायाँ तस्बिरमा रातो घेरा भित्रका व्यक्ति एउटै हुन्

बायाँतिर भिडियोको स्क्रिनसटमा देखिएको रातो घेरा भित्रका व्यक्ति र दायाँ तस्बिरमा रातो घेरा भित्रका व्यक्ति एउटै हुन्

southasiacheck.org बाट लिइएको
प्रतिक्रिया दिनुहोस  
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौँ, २ फागुन । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ

एमाले महासचिवको कडा स्टाटस

  काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता समीकरण विरुद्ध अनेक खालका भ्रामक

वर्षमानजीसंगको फोनको कुरा

नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अव त

केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ : महासचिव पोखरेल

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुवाए भनेर हल्ला गरिदैछ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई