प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भएका केहि उदाहरणिय कार्य (फाटो फिचर)
नेपालको संविधानले रोजगारीको हकलाई मौलिक अधिकारको सुचीमा राखेको छ। त्यसैले बेरोजगार नागरिकलाई रोजगारी दिनु सरकारको कर्तव्य हुन आँउछ। संविधानमा उल्लेखित रोजगारीको हकलाई कार्यन्यवन गर्न ओली सरकारले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ निर्माण गरि बेरोजगार नागरिकलाई १०० दिनको रोजगारी दिने गरि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत परियोजनाको छनौट गर्ने अधिकार स्थानिय सरकारलाई दिइएको छ। परियोजनाको छनौटमा ज्यालाको मात्रामा केहि मापदण्ड राखिए पनि परियोजना छनौट स्थानिय सरकारले आफ्नो आवस्यकता अनुरुप गर्न पाँउने अधिकार ऐनले स्थानिय सरकारलाई दिएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आए संगै केहि पत्रपत्रिकामा झार उखेल्ने, बाँदर धपाउने जस्ता अनावश्यक कार्यमा राज्य कोषको दुरुपयोग गरियो भन्ने समाचार आँउन थालेका छन।

केहि स्थानिय सरकारबाट यो कार्यक्रमको कार्यान्वयनमा केहि कमि कमजोरी भए होलान, यो तथ्यलाई नकार्न सकिदैन। केहि स्थानिय सरकारले यो रकमको सदुपयोग गर्दैै उदाहरणिय कार्य समेत गरेका छन। तर यी समाचारलाई मुलधारका पत्रिकाले “स्पेस” दिएको पाँइदैन। त्यसैले समाजिक संजाल प्रयोगकर्ताहरुले “पोष्ट” गर्नु भएका “पोष्ट”को आधारमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भएका केहि उदाहरणिय कार्यको फोटो फिचर तयार पारिएको हो ।

छत्रदेश गाँउपालिका, अर्घाखाँचीमा सडकमा सोलिङ्ग कार्य

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि कुलो मर्मत गर्दै

सैलुङ्ग गाँउपालिका, दोलखामा निर्माण गरिएको ग्रामिण सडक

“जंगलका राजा” राउटे समुदायलाई वन संरक्षणको जिम्मा दिँदै (नोट: राउटे समुदायका व्यक्तीहरु विभिन्न समयमा सरकारसंग चामल र आर्थिक सहयोग माग्दै आउने गर्दथे )

कञ्चनपुर शुक्लाफाँटा न.पा. ८ मा निर्माण गरिएको पर्यटकिय महत्वको सडक

कालीगण्डकी गाँउपालिका वडा नं. ६, स्याङ्जामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निर्मित कुलो

भैरवी गाँउपालिका, दैलेखमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बन्दै गरेको ग्रामिण सडक

बेसीशहर न.पा., लमजुङ्गमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बनेको काठेपुल

ताराखोला गाँउपालिका, बागलुङमा ग्रामीण सडक मर्मत हुँदै

धुलिखेल न.पा. वडा नं. २ मा ग्रामिण सडक ग्राभेल हुँदै

तामाकोशी गाँउपालिका वडा नं. २, झुले स्थित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बनेको काठे पुल (तस्विर: रामकुमार कार्की)

आरुघाट गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत परम्परागत महत्वका चौताराहरुको मर्मत। गाँउपालिकाले सो कार्यक्रम अन्तर्गत १६ वटा परम्परागत महत्वका चौताराहरु मर्मत गरेको छ। ( तस्विर- नयाँ पत्रिका)

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बनेको स्थानिय सडक, मंगला गाँउपालिका, म्याग्दी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नरैनापुर गाउपालिका वडा न. ५ को स्थानिय सडक निर्माण हुँदै (तस्विर: अनिल यादव)

अन्धनासक मा.वि. खुम्चेरीमा शौचालय निमार्ण, त्रिवेणी गाउँपालिका

खानेपानीको लाईन विस्तार गर्दै, चुलाचुली गाँउपालिका, इलाम

सार्वजानिक शौचालय निमार्ण, भरतपुर उपमहानगरपालिका

स्थानिय सडक निर्माण, गोकुलगंगा गाँउपालिका

सिँचाई कुलो निमार्ण, मारिन गाँउपालिका

सार्वजानिक शौचालय निमार्ण, रास्कोट नगरपालिका

सिँचाई कुलो निमार्ण, कुमाख गाँउपालिका

सिगाडा मा.वि.भवन निर्माण, बुढिगंगा नगरपालिका

ढल निकास तथा सार्वजानिक शौचालय निर्माण, जानकी गाँउपालिका

बाढी नियन्त्रणको लागि तटबन्ध निर्माण, केराबारी गाँउपालिका