नेपाल टेलिकमको ‘भ्यालेन्टाइन डे’ अफर


काठमाडौं फागुन १ : नेपाल टेलिकमले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर आज र भोलि अर्थात् फागुन १ र २ गते (फेब्रुअरी १३ र १४ तारिख) उपलब्ध छ ।

अफर अन्तर्गत ४९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफर उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।

‘भ्यालेन्टाइन डे’ कै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
२०८० भाद्र १० गतेको राशिफल

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा

किताब जात्राको पाँचौं संस्करण काठमाडौंमा हुँदै, जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ घोषणा गरिने

काठमाडौं । ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी,

टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक

काठमाडौँ, वैशाख ५ गते : नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

  काठमाडौँ– नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई