फ्याक्ट चेक – कस्ले “लिक” गरायो भारतीय दुताबासको चिठ्ठी?
समाजिक संजालमा अहिले भारतीय दुताबासले विषादी प्रकरणमा नेपाल सरकारलाई लेखेको चिठ्ठी भाइरल भएको छ। त्यो चिठ्ठीको फोटो हेर्दा चिठ्ठीका दुई अलग अलग स्रोत भएको देखिन्छ। एउटा चिठ्ठी नेपालको सार्वाधिक चलेको अनलाइन खबरले छापेको छ भने अर्को कान्तिपुर मिडिया ग्रुपका पत्रकार अनिल गिरीले लेखेको लेख मार्फत बाहिर आएको छ। यी चिठ्ठीको फोटो अलग अलग हुनुले यो चिठ्ठी पत्रकारहरुलाई दुई अलग अलग स्रोतबाट प्राप्त भएको जानकारी गराउँदछ।

अनलाईनले शेयर गरेको चिठ्ठीको अग्रभागको केहि अंशलाई जानीबुझी लुकाइएको छ भने कान्तिपुर मिडिया ग्रुपले सार्वजानिक गरेको चिठ्ठीमा कुनै भागलाई लुकाइएको छैन, जस्ताको त्यस्तै छापिएको छ।
अब खोजौं सुत्र
नेपालमा निवेदन दर्ता गर्दा सम्बन्धित हाकिमको तोक आदेशको जरुरी पर्छ। चिठ्ठीको अग्रभागमा हाकिमले दार्ता चलानी शाखालाई चिठ्ठी दर्ता गराउनु भन्ने आदेशको तोक लगाए पछिमात्रै दर्ता चलानी शाखाले चिठ्ठी पत्रको दर्ता गर्ने चलन सरकारी कार्यलयमा प्रचलनमा छ। अनलाईन खबरले छापेको चिठ्ठीको अग्रभागको धेरै जसो अंशलाई लुकाउनु पर्ने कारण चिठ्ठी दर्ता गर्ने तोक लगाउने हाकिमको जानकारीलाई लुकाउन हो। यस अर्थमा अनलाईन खबरलाई भारतीय दुताबासको चिठ्ठी उपलब्ध गराउने काम सम्बन्धीत मन्त्रालयका कर्मचारीले गरेका हुन।

कान्तिपुर मिडिया ग्रुपका अनिल गिरीले छापेको चिठ्ठीको फोटो चिठ्ठी दर्ता गर्नु अघिको हो। यो चिठ्ठी भारतीय दुताबासको प्रिन्टरबाट प्रिन्ट भए देखि चिठ्ठी दर्ता हुनु अघि सम्म कँहि कतैको हुन सक्छ। कान्तिपुर मिडिया ग्रुपले सार्वजानिक गरेको चिठ्ठी दर्ता हुनु अघि जस्को नियन्त्रणमा थियो, उसैले लिक गराएको हुनुपर्छ, र त्यो निणन्त्रण सम्बन्धित दुताबासको हुनसक्छ भनि रहनु नपार्ला।

“बेइमान” कान्तिपुर मिडिया ग्रुप
विषादी जस्तो जनसरोकारको बिषयमा कान्तिपुर मिडिया ग्रुपले हदै सम्मको गैर जिम्मेवारीपुर्ण कार्य गरेको छ। जब विदेशबाट आयातित तरकारी तथा फलफुलमा विषादी परिक्षण शुरु भयो, कान्तिपुर मिडिया ग्रुपले उक्त समाचारलाई दुई दृष्टिकोणबाट संप्रेक्षण गर्यो। बिषादी जाँच्ने पुर्वाधार पर्याप्त नभएका कारणले गर्मीमा ट्रकमा राखिएका सेल्फलाईफ कम हुने तरकारी तथा फलफुल सड्न थाले। कान्तिपुरको अर्को लाईन थियो भारतबाट आयात हुने तरकारीहरु खान लायक भनि जनतालाई प्रभावित गर्ने ।


जब सरकारले बिषादी परिक्षणको निर्णयलाई पुर्वाधार नभएका भन्दै केहि समयको लागि स्थागित गर्यो तब कान्तिपुरले “भान्सामा भित्रिँदै विषादी” शिर्षकमा ब्यानर न्युज बनायो।

यसरी जनस्वास्थ्य जस्तो संवेदनशिल बिषयलाई समेत कान्तिपुर मिडिया ग्रुपले राजनैतिक दाउपेचको हतियार बनाएर कान्तिपुर मिडियाले समाचार जनतालाई सुसुचित गर्न छाप्दैन आफ्नो व्यपारिक लाभ, राजनैतिक दाउपेचको लागि कसैको मानमर्दन गर्नको लागि निहित स्वार्थमा रहेर समाचार छपाउने लुकाउने गर्छ भन्ने नेपाली समाजमा व्याप्त धारणलाई फेरि एक पटक आफैले प्रमाणित गरि दिएको छ।