दिल्लीपछि पञ्जाब चुनावमा देखियो अरविन्द केजरीवालको कमाल
पञ्जाब विधानसभा चुनाव 2022 को चुनावको प्रारम्भिक मतगणनामा आम आदमी पार्टी प्रचण्ड बहुमतका साथ अगाडि देखिएको छ । प्रारम्भिक मतगनणा अनुसार आम आदमी पार्टीको सरकार पूर्ण बहुमतको साथ बन्ने देखिन्छ । भारतको राजनीतिमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) नयाँदिल्लीबाट विजयी शुरुआत गरेकोमा आपको उदय अब पञ्जाबसम्म फैलिएको देखिएको छ ।
कूल ११७ सिटमध्ये प्रारम्भिक नतिजा आउँदा ९१ सिटमा आप अगाडि देखिएको छ भने भारतीय कांग्रेस १४ सिटमा मात्रै अगाडि देखिएको छ । हाल पञ्जाबमा भारतीय कांग्रेसको सरकार छ ।