वरिष्ठ कलाकार हरिवंश आचार्य कार निर्माता कम्पनी बिवाइडीका ब्राण्ड एम्बेसडर


 

चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिनुभएको छ ।

बिवाइडी कम्पनीको नेपालस्थित अधिकृत विक्रेता साइमेक्स इंकले वरिष्ठ कलाकार आचार्यलाई ‘ब्राण्ड एम्वेसडर’ नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतामा साइमेक्स इंक नेपाल र हरिवंश आचार्यबीच शनिबार हस्ताक्षर भएको छ ।
बिवाइडीद्वारा निर्मित नयाँ इलेक्ट्रिक भेइकल ‘एटो थ्री’को व्यापार प्रवद्र्धनका लागि आचार्यसँग सहकार्य भएको साइमेक्स इंकले प्रेस विज्ञप्तिमा जनाएको छ ।
साइमेक्स इंकसँग ब्राण्ड एम्बेसडर सम्झौतापछि समारोहमा बोल्दै वरिष्ठ कलाकार आचार्यले भन्नुभयो–‘बढ्दो सवारी प्रदूषणले मानव स्वास्थ्यमा ठूलो असर पारिरहेको छ र, जलवायु परिवर्तनले पृथ्वीको वातावरणलाई असन्तुलित बनाइरहेको छ । यस्तो बेला इलेक्ट्रिक भेइकल कम्पनी बिवाइडीसँग सहकार्य गर्न पाउँदा खुशी लागेको छ । उहाँले भन्नुभयो, ‘बिवाइडीसँगको मेरो सहकार्यले नेपालका सडकहरुमा वातावरणमैत्री विद्युतीय सवारी साधनको संख्या बढोस् ।’

वरिष्ठ कलाकार आचार्य एउटा कलाकार मात्र नभई सामाजिक अभियन्ता भएकोले स्वच्छ, स्वस्थ वातावरण निर्माणमा उहाँसँगको सहकार्य सफल हुने विश्वास साइमेक्स इंकले लिएको छ ।

बिवाइडी कम्पनीको आधिकारिक विक्रेता साइमेक्स इंकले गत शनिबार नगरकोटमा डिलरहरुको सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा देशभरिका ११ वटा डिलर सहभागी भएका थिए । सहभागीहरुले देशभरि इलेक्ट्रिक भेइकलको व्यापार प्रवद्र्धन गर्न राजमार्गका साथै प्रमुख सहरहरुमा चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न र नेपालमै उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि विद्युतीय सवारी साधनको विकल्प छैन ।

नेपाल सरकारले पनि सन् २०२४ सम्म विद्युतीय सवारी साधनको संख्या २० प्रतिशत पु¥याउने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । सरकारले सन् २०३० सम्म विद्युतीय सवारीको संख्या ६० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ । यसका लागि सरकारले विद्युतीय सुविधा उपलब्ध गराउनुपर्छ । र विद्युतीय सवारी साधनको बिक्री वितरण बढाउन स्थिर नीति आवश्यक पर्छ ।

साइमेक्स इंकका अनुसार नेपालमा बिवाइडी इ–६ कार, एम थ्री भ्यान र विद्युतीय बस गरी करिब ३५० वटा इलेक्ट्रिक सवारी साधन सडकमा गुडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई