नेपाल प्रहरीको महिला क्रिकेट टिमको विजयी सुरूवात


कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत सोमबार भएको महिला २०-२० क्रिकेट खेलमा नेपाल पुलिस क्लब आफ्नो पहिलो खेलमा विजयी भएको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरको खेलमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा आएको कर्णाली प्रदेश १०.२ ओभरमा ७ विकेटको क्षतिमा १७ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डिएल मेथोडको आधारमा नेपाल पुलिस क्लब विजयी भएको हो । खेलमा सर्वाधिक २५ रन बनाएकी नेपाल पुलिस क्लबकी सम्झना खड्का प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिता अन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी कविता कुँवरले १६ रन, काजल श्रेष्ठले १६ रन, सम्झना खड्का २५ रन, अप्सरी बेगमले ४ रन, रेवती धामीले १४ रन, कविता जोशीले ८ रन र रूबिना क्षेत्रीले ९ रन जोड्दै उक्त योगफल बनाएका थिए भने बलिङतर्फ सबनम राई, संगिता राई, कविता जोशी, ईश्वरी बिष्ट र हिरुमई रायले समान १ विकेट लिएका थिए ।

दुई समूहमा विभाजित महिला क्रिकेट प्रतियोगितमा नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह ‘बी’ मा रहेको छ । जसमा कर्णाली प्रदेश, १ नम्बर प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘ए’ मा सशस्त्र प्रहरी, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । नेपाल प्रहरीको महिला क्रिकेट टिमले असोज २६ गते १ नम्बर प्रदेशको टिमसँग दोस्रो खेल र असोज २८ गते लुम्बिनी प्रदेशसँग तेस्रो खेल खेल्नेछ ।

नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडी र ९२ जना अफिसियल गरी कुल ५८७ जनाको सहभागिता रहेका छन् । एथलेटिक्स,  क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, उसु, कबड्डी, कराँते, कुस्ती, खो–खो, गल्फ, जुडो, टेबल–टेनिस, ट्रायथलन, तेक्वान्दो, पौडी, फुल कन्ट्याक्ट कराँते, बक्सिङ, बास्केटबल, बुद्धिचाल, भलिवल, भारोत्तोलन, रग्बी (7A Side), लन टेनिस, व्याडमिन्टन, शारीरिक सुगठन, सफ्ट टेनिस, सुटिङ र हक्कीमा नेपाल प्रहरीका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस  
कप्तान रोहित पौडेलको शतकमा नेपालको जित

  टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ

नेपाल टी-२० विश्वकपमा

  काठमाडौं । नेपाल आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२०

ओमानले दुई विकेट गुमायो

  १६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई