मेरा वितेका दिनहरू


म त जन्मेको दिन देखि नै दुःखी रहेछु नि, ७ महिनामा जालो भित्र जन्मेको रे , ५/६ महिनाको हुन्जेल यो मर्छ भनेर सिंकाले लिटो खुवाउथे रे !
चरम गरिवीको कारण बाल्यकालमा भोगेका पिढा, गरिव भएकै कारण जीवनको हरेका पलमा परेको अभाव भनेर साध्य छैन । कति दिन भोक भोकै बसियो,चित्राले बनाएको घरमा .., घर भित्र पानि पसेर ,पानी कै आलमा सुतेका दिन,चपलसम्म लाउन नपाएर १० सम्म विद्यालय गएका दिन,स्कुलमा फिस तिर्न नपाएर परिक्षा दिन नपाएका दिन, १७ ठाउँ टालेर सिलाएर लुगा लगाएका दिन, नयाँ लुगा र धान भात दशैको बेला मात्र खान र लाउन पाएको दिन, भोकले ज्यान बचाउन बारीको भिताको चिम्टा माठो डल्लो पारेर खाएका दिन अझै ताजै छन् । अलि उमेर पुगे पछि घरको आर्थिक अबस्थाले बाध्यताले भएर विदेशी भुमिमा बेचिएर , विदेशीहरूको गाली र कुटाई खादै ५०-६० डिग्रीको घाममा दिनको १२ देखि १४ घण्टा खाडिको देशमा २०-३० मिटर मुनि खाडमा पसेर बेल्चा हानेका रूदै रूदै महिनाको २0,३० हजार कमाउदाका दिन, त्त्यसै बेला नेपालमा मेरो घरमा आगोलागी भएर सम्पुर्ण नष्ट भएको खबरले मुर्छा परेको समय अझै मेरो मुटुमा आगोको ज्वालो भएर बगि रहन्छ ।
नेपाल आर्मि,इण्डिया आर्मि भर्ति भएर पाएको दुःख र गाली आझै मेरो काममा गुन्जि रहन्छ । घरमा छुट्टी गएको बेला माओबादी(जनमलेसिया र लालसेना ) बाट ३ पटक सम्म अपहरणमा परि २० वाटै अौलाका नंगमा पिन काटी ठोकेर पुस,माघको बेला हाप पेन्ट,सेन्डो,हात डोरिले बाधेर ,आँखामा कालो पट्टी लगाएर खालि खुट्टा राती जंगलको बाटो हिडन लगाएर पछाडिवाट लाती र मुक्का प्रहार गर्दै बाँसको भाटाले हाल्दै मुखमा आए जति गाली गर्दै हिडाएर ७ दिन पछाडि मर्यो भनेर मलाई नालिमा फाल्देर हिडेका थिए । पछी बाँचेर घर आएको पल सम्झिदा मेरो मुटु फुटेर आउछ ।
अन्तिम अबस्था भएर मेरो र परिवारको जीवन बचाउन घरमा राखेको सोलर ८ हजारमा बेचेर ३ जना नानि श्रीमती सहित ५ जनाको परिवार राति नै भागेर काठमाडौं आएका थियौ ।काठमाडौं आइपुग्दा नै ८ हजार सकिएर बिजोक भएर गाउकै भाई होम गौतम र मेरै मीत लोक ब. तामांङ को शरणमा पुगेका थियौ । त्त्यस पछि परिवार पाल्न संघर्ष गर्नु परेको थियो । ३ दिन लगाएर १ ट्रक्क् बालुवा भर्दा ८ सय कमाई हुन्थ्थो । अरूले फालेका खानेकुरा खाएर, अरुले फालेको लगाएर हप्तौ सम्म बाटोको गल्लि गल्लि सुतेको सझने गर्दछु । विदेशमा बसेर कामको सिलसिलामा ५ पटक सम्म कार दुर्घटना परेको छु , ३ पटक सम्म अपरेसन गरेर पनी अझै सम्म संघर्ष गरिरको छु। यस्तै सम्झेर कहिलेकाही मलाई यो धर्तिमा किन जन्म दियो भगवान भनेर रूने गर्छु ।
हेम थापा

प्रतिक्रिया दिनुहोस  
केपी शर्मा ओली : नेपालको राजनीतिक आकाशका चील

योगेन्द्र ढकाल एक पूर्वराजदूतको आँखामा अध्यक्ष केपी शर्मा ओली हामीले नेपालको राजनीतिक आकाशमा अनगिन्ती चराहरू

मदन भण्डारीको मार्मिक स्टाट्स ! झन्डै मरिएन

“झन्डै मरियन टाउको ,घाँटी,काटिन,हात छिन्न बाट बचियो र बाँचियो” धेरै विद्यार्थी साथिहरुलाइ बचाइयोपनी। २०७९ पौष

एमाले अध्यक्ष ओलीलाई एमाले शुभचिन्तकको मार्मिक पत्र

आखिर किन एकनाथ र भट्टचन??? कमरेड श्री केपी शर्मा ओली, मंसिर ४ गते सम्पन्न प्रतिनिधि

विगत दुई वर्षमा जस्तै एक प्रकारको मिडिया कू झेलेर ढाड थपिरहने हो भने गठबन्धनको छैंठो दलचाहिँ एमालेका निम्ति भारी पर्ने निश्चित देखिन्छ

मिडिया म्यानेजमेन्टमा एमाले कमजोर देखियो । एमालेभन्दा झन्डै डेढ दशकपछि खुला राजनीतिमा आएको माओवादीले बरू

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई