मदन भण्डारीको मार्मिक स्टाट्स ! झन्डै मरिएन
“झन्डै मरियन टाउको ,घाँटी,काटिन,हात छिन्न बाट बचियो र बाँचियो”
धेरै विद्यार्थी साथिहरुलाइ बचाइयोपनी।
२०७९ पौष १३ गते बिहान ८:०० देखि ९:०० बजेकै बिचमा क्याम्पसमा धमाधम पढाई चलेकैबेला एउटा हतियारधारी समूह आर.आर. क्याम्पसमा छिर्यो साथिहरुलाइ आक्रमण गर्यो मलाई पनि दुतराज लामा भन्ने ब्यक्तिले टाउको र घाँटीमा ताकिताकी तीन पटक सम्म मासु काट्ने हतियार (दाउ,चापट, च्याप्टो ठूलो निकै धारिलो हतियार) प्रहार गरे बाँच्नकालागी टाउको र घाँटी जोगाउन अनुनय बिनय,बिन्ती बिसानी गरेँ उनलाई कृपया मलाई नहान्नुस किन हानिरहनुभएको छ भन्दै छेक्दै गरेँ उनले तँ मेन होस भन्दै हाने पहिलो प्रहार घडिमा लाग्यो, दोस्रो बाक्लो कपडा अनि कोटमा लाग्यो अनि तेस्रो प्रहारले मेरो देब्रेहात करिब ९ सेन्टिमिटर लम्बाई अनि ३/४ सेन्टिमिटर गहिरो गरि हात काटियर छियाछिया भयो घाउ हेरेँ माथी ४/५ जना विद्यार्थी बहिनिहरु बेहोस हुनुभएछ म काटिएपनी केही निहत्था आत्मीय विद्यार्थी साथिहरुको ज्यान वच्न सफल भयो। विद्यार्थी साथिहरु र सरहरु आकुलव्याकुल हुनुभएछ लगत्तै साथिहरु मेरो हात पुरै गयो मलाई अस्पताल लानुपर्यो भन्दै थप ज्यान जोगाउँदै गर्दा अझै टाउकोमै हान्न खोज्दै थिय। कोहि कसैले मदन भण्डारीलाई नहान्नुस भनेको सुनेको थिय म पनि अस्पतालमा नगय मरिन्छ भन्ने लाग्यो अलिक अगाडि बढेँ बिराज धमला अनि प्रकाश जैशी भाइले समायर अगाडि बढाउनुभो आर.आर. क्याम्पसको भलिबल ग्राउन्ड बाट रगत चुहाउँदै हामी क्याम्पसको दिवा सत्रको पढाई हुने ठाउँतर्फ उक्लियौँ जनक ढुंगाना सरलाइ गुरु मेरो हातै गयो भन्दै अघि बढ्यौं अनि रगत चुहाउँदै काठमाडौं मोडल अस्पताल जाँदै गर्दा बिराज धमलालाइ फेरि रडले प्रहार गरे हामिलाइ बाटोमापनी आक्रमण गर्दै थिय कसोकसो काठमाडौं मोडल अस्पतालको इमर्जेन्सी कक्ष सम्म पुग्यौं।मोडेल अस्पतालमा मेरो उपचार प्रक्रिया अगाडि बढ्दै थियो मेरा विद्यार्थी साथिहरुपनी घाइते भएर आउनुभएको थियो सोधें तपाईंहरुलाइ कस्तो छ भनेर बेडमा बस्दा धेरै रगत बगिसकेको भएरहोला धेरै चक्कर लागेर झन्डै ढलिन,सयौं आफन्त ,नेता कार्यकर्ता सर मेडम,कर्मचारी ज्युहरु शिभेच्छुक,शुभचिन्तक ज्युहरु आइसक्नुभएको थियो तुरुन्तै अपरेसन गर्न माथी लगियो हात बेहोस गरेर अपरेसन गरिदिनुभो।अपरेसन पछि घाउमा इन्फेक्सन भयो ज्वरो उच्च आयो निकै कठिनाइपुर्ण अवस्थाहरुको सामना गर्नुपर्यो।अपरेसनमा सहभागी डा.सुजन,डा.अनुज,डा. रिङ्कि लगाएत टिमप्रती आभारी छु,उपचार प्रक्रियामा साथ दिने सम्पुर्ण चिकित्सक ज्युहरु नर्सहरु अस्पताल टिम,मेरो क्याम्पसको सिंगो ब्यबस्थापन टिम मेरा आदरणीय गुरु,गुरुआमाहरु, मलाइ साथ सहयोग माया ममता दिने मेरा आदरणीय नेतृत्व ज्युहरु साथिहरु आफन्तहरु सबैप्रती आभारी छु,ऋणि छु मलाई स्वास्थ्य लाभ गर्नुहुने प्रत्यक्ष सहभागी र मिडिया,फोन,म्यासेज बाट सन्चो हुनु केही परे हामी छौँ भन्ने हजारौं आफ्ना आदरणीय र प्रिय ब्यक्तित्वहरुमा नमन गर्दछु धन्यवाद ज्ञापन गर्दछु। अपराधी क्रियाकलाप गर्नेहरुलाइ क्याम्पसबाट निष्कासन गरेकोमा क्याम्पसप्रती हार्दिक आभार व्यक्त गर्दछु।प्रहरी प्रशासन र अदालतले यस्तो अपराध अनि अपराधीहरूलाई हदै सम्मको कारवाही गरोस भन्ने जोडदार माग गर्दछु।म २०७० सालमा आर. आर. क्याम्पसमा अध्ययन गर्न आएको हुँ।आजसम्म कसैसँग चर्को पनि बोलेको थियन करिब १० बर्ष भयो मेरो क्याम्पस वरिपरिका सम्पुर्ण चिया,फलफुल,खाजा,किताब पसल लगायतका सबैलाई अनि गेटमा बसि सिंगो क्याम्पसका सुरक्षागार्डहरुलाइ नमस्कार गर्दै सम्पुर्ण कर्मचारी,सर मेडमहरु विद्यार्थी साथिहरुलाइ नमस्कार गर्दै सम्मान गर्दै देशैभरिबाट क्याम्पस आउने विद्यार्थी साथिहरुको काम गर्दै २०७० सालमा अनेरास्ववियु दिवा सत्र कमिटीको सहसचिव,२०७० मा अनेरास्ववियु आर. क्याम्पस कमिटी सदस्य,२०७३ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मा सम्पुर्ण विद्यार्थीहरुको सबैभन्दा लोकप्रिय मत प्राप्त गरेर स्ववियु सदस्य,२०७४ मा अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी सहसचिव,२०७८ मा अनेरास्ववियु आर. आर. क्याम्पस कमिटी अध्यक्ष बने, २०७९ मा अनेरास्ववियु काठमाडौं क्याम्पस जिल्ला कमिटी सचिब बने मैले अहिलेसम्म कसैप्रती नराम्रो चिताएको छैन,चर्को बोलेको छैन,सबैको सम्मान गरेको छु म जस्तै केही निर्दोष साथिहरु र म माथी भएको यो अत्याचारको घोर भ्रत्सना गर्दछुहामिहरुलाइ साथ दिन आर.आर. क्याम्पस ,अनेरास्ववियु केन्द्रिय कमिटी,प्रहरी प्रशासन,कानुनिबिदहरु,मिडियाक्रमिहरु नेपाली जनताहरु समक्ष कानुनी उपचारको माग गर्दछु।
“हामित काटिएरपनी बाँच्न सफल भयौं अब शिक्षाका मन्दिरहरुमा यस्ता नरसंहार,रक्तपात,अमानवीय घटना नघटुन नेपाली जनताका छोराछोरीलाई शान्तिपूर्ण ढंगले अध्ययन गर्ने वातावरण सृजना होस” “यस्ता घटना घटाउन र संरक्षण गर्न कुनै नेता कार्यकता नलागुन” “राजनिती सकारात्मक परिवर्तनकारी गतिशील बनोस राजनितिले देश बनाओस देश बर्बाद नपारोस” सबैसबैमा नमन गर्दछु। सायद आजभोलिमा म काठमाडौं मोडल अस्पतालबाट थप आरामको लागि घरमा जान्छुहोला। मेरो र साथिहरुको स्वास्थ्यमा निकट रहेर चासो चिन्ता लिने सबैमा नमन गर्दछु,सम्पुर्णमा धन्यवाद नमस्कार हार्दिक अभिवादन,लालसलाम!
मदन भण्डारी
अनेरास्ववियु आर.आर. क्याम्पस कमिटी अध्यक्ष