पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक



चैत २८, २०७५ लण्डन–हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । 
ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिचिएको थियो । सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको छ ।
नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसो अनुसन्धानको प्रस्ताव गरेका थिए । उनले भने, ‘‘हामीले जे देख्यौँ त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ ।’’ 

ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वार्कषण क्षेत्र हो जहाँ अत्याधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । 
वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिन्छ । यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’को संज्ञा दिएको छ । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस  
२०८० भाद्र १० गतेको राशिफल

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा

किताब जात्राको पाँचौं संस्करण काठमाडौंमा हुँदै, जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ घोषणा गरिने

काठमाडौं । ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी,

टेलिकमले ल्यायो ‘स्प्रिङ’ प्याक

काठमाडौँ, वैशाख ५ गते : नेपाल टेलिकमले सबै दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

  काठमाडौँ– नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई