तिलिचो ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल होइन ।


हिजो र आज धेरै अनलाइन र पत्रपत्रिकामा संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको तिलिचो तालभन्दा अग्लो ठाउँमा अर्को ताल भेटियो भनी समाचार प्रकाशित भएका छन् ।

ती समाचारअनुसार तिलिचो ताल समुद्र सतहको औषत उचाइबाट ४,९१९ मिटर अग्लो ठाउँमा रहेको छ । अनि यो नयाँ ताल चाहिँ ५००२ मिटर अग्लो ठाउँमा भेटियो ।

यसभन्दा अगाडि पनि धेरै पत्रपत्रिका र अनलाइनले तिलिचो ताललाई संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल भनी प्रचार गर्दै आएका थिए ।

सत्य कुरा के हो भने तिलिचो ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल होइन । अनि नयाँ भेटिएको भनिएको ताल पनि संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको ताल होइन । संसारका अरु ठाउँका कुरा छाडिदिउँ, नेपालमै पनि यीभन्दा अग्ला ठाउँमा धेरैवटा ताल छन् ।

हिन्दुकुश हिमालयका क्षेत्रमा लामो समयदेखि अध्ययन गरिरहेको संस्था इसिमोडले नेपालका हिमाली भेगमा रहेका जोखिमयुक्त हिमतालको सूची दिएको छ । त्यस सूचीमा रहेका १२ वटा ताल तिलिचो तालभन्दा अग्ला ठाउँमा रहेका छन् । एघारवटा ताल चाहिँ अहिले भेटिएको भनिएको तालभन्दा अग्ला ठाउँमा छन् । इसिमोडले जोखिमयुक्त हिमतालको मात्र सूची दिएकाले संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको भनिएको तालभन्दा अग्ला ठाउँमा नेपालमै पनि यसभन्दा धेरै ताल हुनसक्छन् ।

हामीले भनेको विश्वास नलागे इसिमोडको यो वेबसाइटमा जानुहोस । http://geoportal.icimod.org/?map=nepalglakes यस  नक्शामा दिइएका ३, ५, ८, १०, ११, १२, १४, १६ ,१७, १८, २० र २१ नम्बरका ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको भनी नेपाली सञ्चारमाध्यमले दावी गरेको तालभन्दा अग्ला ठाउँमा छन् । माथिको नक्शामा ५ नम्बरमा रहेको तालबाहेक अरु सबै ताल अहिले भेटिएको भनिएको “संसारको सबैभन्दा अग्लो ठाउँमा रहेको” तालभन्दा अग्ला ठाउँमा छन् ।

इसिमोडले तयार पारेको नेपालका जोखिमयुक्त हिमतालको सुचीका आधारमा हामीले तिलिचोभन्दा उच्च ठाउँमा भएका हिमतालको तालिका बनाएका छौँ ।हो, तिलिचो र अहिले भेटिएको भनिएको तालभन्दा अग्ला ठाउँमा रहेका ताललाई छाड्ने हो भने चाहिँ यी ताल संसारको सबैभन्दा अग्लो ठाउँमा रहेका ताल हुन् ।

 southasiacheck.org बाट लिइएको 

प्रतिक्रिया दिनुहोस  
सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ :महासचिव शंकर पोखरेल

विराटनगर । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने

एमालेको नीति : ८४ सम्म काँग्रेससँग सत्ता सहकार्य,चुनावमा आमनेसामने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस सँगको सत्ता सहकार्य ८४ को चुनावसम्म निरन्तर

मिर्गाैलासम्बन्धी उपचारमा नेपालले क्रमिक उपलब्धि हासिल गरेको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति

स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पु¥याएको छ ः प्रधानमन्त्री

  काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई