ओमानले दुई विकेट गुमायो
१६ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।लिग चरणको अन्तिम खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह चरणका सुरुआती दुवै खेल जितेका नेपाल र ओमान यसअघिनै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।
समूह चरणको अन्तिम खेलको नतिजाले समूह विजेता टोलीको टुङ्गो लगाउनेछ । ओमानविरुद्धको खेलमा नेपालले दोस्रो सफलता पाएको छ । नेपालका लागि करन केसीले पहिलो विकेट लिएका थिए भने सोमपाल कामिले दोस्रो सफलता दिलाएका हुन । अहिले ओमानले ४ ओभरमा २ विकेटले क्षतिमा २४ रन् बनाएको छ ।