बुढानीलकण्ठकी उपमेयर अनिता लामाको स्टाटस : बालेन शाहको गैर जिम्मेवार स्टन्टबाजी कहिलेसम्म सहने ?


 

काठमाडौं । काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाहरू सम्मिलित मेयर्स फोरमको मंगलबारको बैठक सुरू हुनासाथ काठमाडौं महानगरका मेयर बालेन शाह रिसाएर हिँडेको बारे बूढानीलकण्ठकी उपमेयर अनिता लामाले आज एक स्टाटस लेख्नुभएको छ ।

स्टाटसमा लामाले मेयर चिरिबाबु महर्जनले एजेण्डामा गएर छलफल गरौँ भनेपछि बालेन जुरुक्क उठेर हिंडेको बताउदै यस्तो विकृत अभिव्यक्ति दिने छुट उनले कहिलेसम्म पाइरहने भन्ने प्रश्न समेत उठाएकी छन् ।

हेर्नुस लामाको स्टाटस

काठमाडौ महानगर मेयरज्यूको स्टन्ट र
मेयर्स फोरम पाँचौ बैठकको सत्यतथ्य !
काठमाडौ महानगरका मेयरज्यू समयमै बैठकमा आउनुभयो । बैठकमा सबैको आसनग्रहण पछि स्वागत मन्तव्य बैठक आयोजना गर्ने बुढानीलकण्ठ नगरपालिकाको तर्फबाट मैले राखें । त्यसपछि राष्ट्रिय गान गाईयो । त्यसपछि फोरमका अध्यक्षज्यू ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनज्यूले बैठकको ऐजेण्डा प्रस्तुत गर्नका लागि सहजकर्तातर्फ रूलिङ गर्नुभयो । त्यतिबेलै काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाहज्यूले ‘एकछिन एकछिन’ भनेर हात उठाउनुभयो । बैठकका अध्यक्षज्यूले ऐजेण्डामाथि जाउँ अनि त्यसमाथि व्यापक छलफल गरौं भन्ने प्रस्ताव राखीरहनुभएको बेलामै काठमाडौं महानगरका प्रमुखज्यू जुरूक्क उठ्नुभयो र मैले बोल्न नपाउने भन्नुभयो । बैठकका अध्यक्षज्यूले मेयर फोरमको सचिवालयले ऐजेण्डा निर्धारण गरेको र पहिला ऐजेण्डामाथि नै प्रवेश गरौं त्यसपछि बोल्ने हो, बोल्न नदिने भनेकै छैन भन्नुभयो । लगत्तै काठमाडौं महानगरका मेयरज्यू बोल्न नदिने भन्दै छिटोछिटो बैठक हलबाट बाहिरिनुभयो ।
बैठक ऐजेण्डामा प्रवेश भयो । नेपवेष्टले आफ्नो प्रस्तुति दिएपछि घनिभूत छलफल भयो । सबै प्रमुख, उपप्रमुखले नेपवेष्टको आधिकारिकता, त्यसमाथि उठिरहेको आशंका, प्रश्न र योजना कार्यान्वयनको विश्वसनीयता, लगानी आदिमाथि धेरै प्रश्नहरू गर्नुभयो । नेपवेष्टमाथि सबै पालिकाका प्रतिनिधिले यस्तरी सिधै प्रश्न एवम् प्रस्तुति गरि अन्तरक्रिया गर्न पाएको यही अवसर रहेछ । नेपवेष्ट भने काठमाडौ महानगरसँगको समन्वयमा मात्रै आफूलाई निर्धारण गरिरहेको रहेछ । नेपवेष्टले पनि बिस्तृत रूपमा काठमाडौ उपत्यकाभरिका सबै पालिकामा आफ्नोे कुरा राख्ने एकपटक अवसर खोजेको रहेछ । त्यहीँ त्यही बेलामा हामी धेरैले यो कुराको विषयमा जानकारी पायौं ।
बैठकमा प्रस्तुति र प्रश्नहरू मात्रै भयो, निर्णय सिफारिश केही गरिएको छैन । १३ वर्षसम्म अल्झिएको जटीलताको विषयमा सुसूचित मात्रै हुने काम भयो ।
तर मेयर बालेन्द्र शाहज्यूले यो बैठकको विषयलाई लिएर दिनुभएको आपत्तिजनक अभिव्यक्तिप्रति उक्त बैठकको मात्र साक्षी एवम् जिम्मेवार सदस्यको हैसियतले खेद प्रकट गर्दछु । बैठकको न्यूनतम मर्यादा पालना नगर्ने, गर्नै नपर्ने अवस्था सृजना गरिदिई सबै चोर, देश बेचुवा, ‘काठमाडौ विक्रीमा छैन’ जस्तो विकृत अभिव्यक्ति दिने छुट वहाँले कतिञ्जेल पाइरहने ?
नेपवेष्टसँगको विषय टुङ्ग्याउन स्वयं काठमाडौ महानगर वढी जिम्मेवार हुनुपर्ने बुझियो । तर महानगर प्रमुखज्यूको यस्तो अराजक गैर जिम्मेवार स्टन्ट मात्रै कतिञ्जेल हेरिरहने, सुनिरहने ?

प्रतिक्रिया दिनुहोस  
एमाले अब अलमलिनु हुँदैन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका नेता–कार्यकर्ताले अब अलमलिनु पर्ने अवस्था

घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताउनुभएको छ

देशको नक्सा बदल्न सक्ने केपी ओलीले देशको स्वरूप बदल्न सक्नुहुन्छ ः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको

हामी सरकारमा नभएपछि ढिलाढाला हुनु, सुस्त हुनु, काम रोकिनु स्वभाविकै हो : अध्यक्ष ओली

  नुवाकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नभएपछि विकास नहुनु र काम रोकिनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई