आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल , नेपालद्धारा ओमानलाई १८५ रनको लक्ष्य
काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा नेपालले ओमानलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो । नेपालका गुल्शन झाले ५४ र कप्तान रोहित पौडेलले ५२ रन बनाए । ६० रनमा ४ विकेट गुमाएको अवस्थामा रोहित र गुल्शनबीच ७८ रनको साझेदारी भएको थियो ।
गुल्शन झा २५ बलमा चार छक्का र ५ चौकासहित ५४ रन बनाएर आउट भए । रोहितले ३७ बलमा २ छक्का र ५ चौका हिर्काए ।