एमडिएमएस लागू, नेपालमा दर्ता नभएका मोवाइल आजदेखि नचल्ने


काठमाडौं, कात्तिक २० । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः आजदेखि लागू हुने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर एमडिएमएस प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो ।

गत वर्ष असोज १ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको एमडिएमएस प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवा प्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताउनु भयो । ‘पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिएका छौं,’ अध्यक्ष खनालले भन्नुभयो । उहाँका अनुसार अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने छन ।

प्रतिक्रिया दिनुहोस  
एमाले अब अलमलिनु हुँदैन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका नेता–कार्यकर्ताले अब अलमलिनु पर्ने अवस्था

घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताउनुभएको छ

देशको नक्सा बदल्न सक्ने केपी ओलीले देशको स्वरूप बदल्न सक्नुहुन्छ ः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको

हामी सरकारमा नभएपछि ढिलाढाला हुनु, सुस्त हुनु, काम रोकिनु स्वभाविकै हो : अध्यक्ष ओली

  नुवाकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नभएपछि विकास नहुनु र काम रोकिनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई