कृषि विकास बैंकद्धारा भूकम्प पीडितहरुका लागि रु. ५० लाख सहयोग


 

काठमाडाैं । कृषि विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि पचास लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५० लाख रूपैयाँ सहयोग रकम प्रदान गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । रकम हस्तान्तरण कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो । उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरिएको छ ।

जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ । भूकम्प पीडितलाई विभिन्न संघसंस्थाहरुले सहयोग गरिरहेका छन् । कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस  
एमाले अब अलमलिनु हुँदैन : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका नेता–कार्यकर्ताले अब अलमलिनु पर्ने अवस्था

घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताउनुभएको छ

देशको नक्सा बदल्न सक्ने केपी ओलीले देशको स्वरूप बदल्न सक्नुहुन्छ ः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको

हामी सरकारमा नभएपछि ढिलाढाला हुनु, सुस्त हुनु, काम रोकिनु स्वभाविकै हो : अध्यक्ष ओली

  नुवाकोट-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा नभएपछि विकास नहुनु र काम रोकिनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई