भूकम्पबाट क्षतिग्रस्त जिल्लामामा तिहार लगत्तै स्वयंसेवक परिचालन गरिने


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागको बैठक  पार्टी केन्द्रीय कार्यालय, च्यासलमा विहीबार सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा विभागका प्रमुख किरण पौडेलको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पार्टीका तर्फबाट  उपाध्यक्ष अष्टलक्ष्मी शाक्य तथा स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थिति रहेको थियो ।
बैठक केही दिन अघि जाजरकोट केन्द्रबिन्दु भई गएको बिनाशकारी भूकम्पपछिको अवस्थामा पार्टी निर्णय बमोजिम प्रभावकारी ढङ्गले स्वयम्सेवक परिचालन गर्ने लगायतका बिषयहरूमा उक्त बैठक केन्द्रित रहेको जानकारी विभाग प्रमुख किरण पौडेलले दिनुभएको छ ।
बुधबार (कात्तिक २२ गते) बसेको पार्टीको केन्द्रीय सचिवालयको २५औँ बैठकले भूकम्प प्रभावित स्थानहरूमा एक हजार स्वयम् सेवक परिचालन गर्ने र भूकम्पबाट घरबारविहीन भएका नागरिकका लागि अस्थायी न्याना घरटहरा बनाउने निर्णय गरेको थियो ।
सोही अनुरुप घरटहरा पुनर्निर्माण, भग्नावशेष व्यवस्थापन तथा सरसफाइ, मृत चौपायाहरूको व्यवस्थापन लगायतका काममा एक हजार स्वयम्सेवक एक महिना खटाइने उहाँले बताउनुभयो ।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्वयम्सेवकलाई पूर्ण अनुशासनसहितको व्यवस्थित परिचालन गराइने र त्यसका लागि आवश्यक प्रबन्धहरूका लागि पार्टीको तर्फबाट सहयोग गरिने र स्वयम्सेवकहरूलाई तिहार लगत्तै फिल्डमा उपस्थित गराउने  विषय राख्नुभएको थियो ।विभिन्न जनसंगठनका प्रतिनिधिहरू समेत उपस्थित विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको बैठकमा पार्टीका सम्पूर्ण जनसंगठन परिचालन गरिने स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
खेलकूद महासङ्घको बैठक तथा प्रशिक्षण

५ असार (२०८१), काठमाडौं । नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौलाको निरौला प्यानल नै बिजय

काठमाडौं, जेठ २९ । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित हुनुभएको छ । सातौं

एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे निर्वाचित

काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुदै आज उम्मेदवारको दर्ता

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भनिएपनी पनि

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई