एमाले जनसंगठनको दोस्रो राष्ट्रिय भेला शुरु, अध्यक्ष ओलीको संबोधन
काठमाडौं, मंसिर २ । नेकपा एमालेका सवै जनसंगठननका केन्द्रीय पदाधिकारी र आयोगका अध्यक्षहरुको दोस्रो राष्ट्रिय भेला भईरहेको छ ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा आज एमाले केन्द्रीय कार्यालयमा सवै जनसंगठनका पदाधिकारी र आयोग अध्यक्षहरुको दोस्रो राष्ट्रिय भेला बोलाइएको हो ।
यही मङ्सिर ७ गते गर्ने विरोध प्रदर्शन र मध्य पहाडी यात्राको तयारीका लागि आज जनसंगठन समन्वय संयन्त्रको भेला बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे देखी बैठकमा पार्टीका सबै २३ वटै जनसङ्गठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई सहभागी रहनु भएको छ ।