कसैले लोकतान्त्रिक गणतन्त्रमाथि औँला ठड्याउँछ भने एमालेले त्यो औँलालाई तल झारिदिने छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि कसैबाट पनि औँला ठड्याउने काम नहोस् भन्नुभएको छ ।
नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यदी कसैले लोकतान्त्रिक गणतन्त्रमाथि औँला ठड्याउँछ भने एमालेले त्यो औँलालाई शान्तिपूर्ण तरिकाले तल झारिदिने बताउनुभयो ।
अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरूले व्यक्तिलाई उभ्याएर देशभरका मान्छे काठमाडौंमा उतार्ने कामलाई जोडतोडका साथ अघि बढाए पनि त्यसबाट काठमाडौंमा फोहोर बढाउने बाहेक अरू कुनै काम नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले ठूलो सङ्घर्ष र बलिदानबाट ल्याएको गणतन्त्रमाथि औंला ठड्याउने काम नगर्न चेतावनी दिनुभयो । उहाँले भन्नुभयो– सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा आउने सवैलाई एमालेले जनताको बलमा परास्त गर्ने छ । अध्यक्ष ओलीले राष्ट्रिय शक्तिको विरोध गर्ने तत्वहरू विभिन्न स्वरूपमा सडकमा आउन थालेको र त्यसमा घुसपैठ रहेको बताउँदै त्यस्ता प्रतिक्रियावादीको सशक्त प्रतिवाद गरिने छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस  
एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौलाको निरौला प्यानल नै बिजय

काठमाडौं, जेठ २९ । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित हुनुभएको छ । सातौं

एमाले उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं, २९ जेठ । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे निर्वाचित

काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुदै आज उम्मेदवारको दर्ता

काठमाडौं । नेकपा एमाले काठमाडौंको अध्यक्षमा दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भनिएपनी पनि

नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी दोस्रो जिल्ला अधिवेशन आजदेखी , ओलीले उद्घाटन गर्ने

काठमाण्डौ । नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी दोस्रो जिल्ला अधिवेशन आजदेखी प्रारम्भ हुने

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई