अनेरास्ववियु बागमती प्रदेश अध्यक्षमा लाल बहादुर बुढाथोकी निर्वाचित
हेटौँडा । अनेरास्ववियु बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लाल बहादुर बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत घोषणा भएको छ ।
अनेरास्ववियुको हेटौँडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटीका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी घोषणा भएको हो ।
कमिटीको उपाध्यक्षहरूमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, सह-सचिवहरूमा प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा हुनुहुन्छ भने कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल हुनुहुन्छ ।