देशको नक्सा बदल्न सक्ने केपी ओलीले देशको स्वरूप बदल्न सक्नुहुन्छ ः गोकुल बास्कोटा



काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेकपा एमाले काम गरेर देखाउने पार्टी भएको बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अन्तर्गत आइतबार काभ्रेको कुन्ताबेँसीमा आयोजित कार्यक्रममा बोल्दै बास्कोटाले नेकपा एमाले कुरा सोच्ने तर कुरा चपाएर बस्ने नभएर काम गरेर देखाउने पार्टी भएको दाबी गर्नुभयो । नेकपा एमाले सरकारमा हुँदा सुरु भएका केही काम पूरा भएका भए पनि धेरै काम गर्न बाँकी रहेको बास्कोटाले बताउनुभयो ।

बास्कोटाले केपी शर्मा ओली नेपालको नक्सा बदल्न सक्ने नेता भएको बताउनुभयो । देशको नक्सा बदल्न सक्ने नेताले देशको स्वरूप बदल्न सक्ने उहाँले दाबी गर्नुभयो । ‘देश बनाउन एमाले चाहिन्छ, एमाले एमालेका निम्ति होइन, देशका निम्ति चाहिन्छ’, बास्कोटाले भन्नुभयो ।
बास्कोटाले देश र जनताको बारेमा एमाले बाहेक सोच्न सक्ने अन्य कुनै पार्टी नभएको बताउनुभयो । त्यसैले हिजो अलमलिएका व्यक्तिलाई पनि एमालेमा आउन र देश निर्माणको अभियानमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तिर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ :प्रधानमन्त्री

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा

एमालेका महासचिव शंकर पोखरेलको आयो कडा स्टाटस

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको

रवि बिरुद्ध विश्वप्रकाशको कडा ट्विट समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणका दोषी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ : प्रधानमन्त्री ओली

  काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई