घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश सबैले मिलेर बनाउनु पर्ने बताउनुभएको छ ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको अन्तर्गत आइतबार काभ्रेको धुलिखेल पुग्नु भएका ओलीले अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार एलाइन्सले आयोजना गरेको कार्यक्रममा बोल्दै कुनै जात विशेषले यो मेरा जातको राज्य हो भन्न नहुने बताउनुभयो । देश कुनै जात विशेषका नहुने बताउनुभयो । नेपाल विविधता बिचको एकताको मुलुक भएको उहाँले प्रष्ट पार्नुभयो ।
कुनै जात वा समुदाय विशेषको कुरा गर्दा देश अघि बढ्न नभई ढुङ्गे युग तिर नै फर्कने उहाँले बताउनुभयो । जातको आधारमा हुने बसै खालका विभेद अन्त्य हुने पर्नेमा ओलीले जोड दिनुभयो । ‘आपसमा घृणा र विद्वेष फैलाउने कुरा कहिल्यै पनि जायज हुन सक्दैन’, उहाँले भन्नुभयो ।
कोशीमा कसैलाई पनि पस्न दिन्न भन्नेलाई देश कसैको बिर्ता होइन भन्दा केपी ओलीले उत्तेजना फैलाउने काम गर्यो भन्दै लेखिएको बताउँदै चिहान खन्दै छु भन्नेका बारेमा केही विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।