राजनीति सङ्लो नहुँदासम्म देश ठिक ढङ्गले अघि बढ्दैन : विष्णु पौडेल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देशको राजनीति धमिलिँदै गएको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिता शुभारम्भ गर्दै पौडेलले देशको राजनीति धमिलो भएकै कारण देश ठिक ढङ्गले अघि बढ्न नसकेको बताउनुभयो । ‘देश धेरै अप्ठ्यारो अवस्थामा छ’, पौडेलले भन्नुभयो ।
राजनीति सङ्लो नभएसम्म देश ठिक ढङ्गबाट अघि बढ्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘जबसम्म राजनीति सङ्लो हुँदैन, तबसम्म देश ठिक ढङ्गले अघि बढ्न सक्दैन, अहिले देशको राजनीति बिग्रिरहेको छ’ पौडेलले भन्नुभयो ।
सरकारका कामकारबाहीले देश लथालिङ्ग बन्दै गएको पौडेलले बताउनुभयो । देशलाई लयमा फर्काउन निक्कै चुनौती रहेको उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस  
मुलुक संघीयताको कारण कमजोर भयो भन्ने भ्रामक प्रचार मात्र हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा बढ्दो निराशाको कारण गलत तत्त्वहरू सक्रिय हुन

नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकाल्दै नेपाल फाईनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा प्रबेश गरेको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी ,एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो आयो ट्वीट

  सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले विश्वासका साथ

मैले पानी जहाजको कुरा गर्दा केही मानिसले कुरा बुझेनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताउनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई