गठबन्धनरूपी क्यान्सरको मेजर अप्रेसन २०८४ मा गरिँदै छ : केपी ओली



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जबरजस्ती जोरजाम गरेर बनाएको सरकार भएको बत्ताउनुभएको छ । देशको समृद्धि र स्थिरताका लागि यस्तो गठबन्धन संस्कृति अन्त्य गर्नुपर्ने ओलीको भनाई छ ।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन गर्दै ओलीले गठबन्धन संस्कृति देशको विकास र समृद्धिका लागि घातक भएको बताउनुभयो । ओलीले २०८४ को निर्वाचनबाट गठबन्धन संस्कृति अन्त्य हुने दाबी गर्नुभयो ।
अधिनायकवादी तानासाह, पञ्चायत तथा राजतन्त्र समेत फालेर आएका नेपाली जनतालाई गठबन्धन मिल्काउन पनि समय नलाग्ने उहाँले बताउनुभयो । २०८४ को निर्वाचनबाट जनताले गठबन्धन मिल्काइदिने ओलीले दाबी गर्नुभयो । ‘हामीले अधिनायकवाद, तानासाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्याैँ भने यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन’, ओलीले भन्नुभयो ।
गठबन्धन देशको लागि घातक भएको बताउँदै ओलीले गठबन्धनका संस्कृति, कुसंस्कृति अन्त्य गर्नुपर्ने बताउनुभयो । २०८४ को निर्वाचनमा यो समस्याको एकैपटक दबाई हुने ओलीले बताउनुभयो । ‘गठबन्धन जस्तो क्यान्सरको मेजर अप्रेसन २०८४ मा गरिँदै छ’, उहाँले भन्नुभयो ।
उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै रेमिट्यान्स माथिको निर्भरता उचित नभएको भनाइ राखे । रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धरासयी अरू केही नभएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभई रेमिट्यान्सतर्फ अगाडि बढेको बताए ।
गठबन्धनको कारण देशमा निराशा छाएर युवा बिदेसिने क्रम बढेको ओलीले बताउनुभयो । ‘नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्नेमा यहाँ शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको छ, आज शिक्षाको लागि बाहिर जानुपर्ने अवस्था छ, यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ’, ओलीले भन्नुभयो ।
ओलीले अहिले देशमा धेरै समस्या भए पनि समाधान पनि यहीँ भित्र खोज्नु पर्ने बताउनुभयो । कुनै पनि देश अरू आएर नबनाइदिने बताउँदै ओलीले देश आफैँले बनाउनु पर्ने प्रष्ट पार्नुभयो ।
अहिलेको देशको समस्या भनेको युवाहरू बाहिरिने क्रम बढ्नु भएको ओलीले बताउनुभयो । युवा विदेश पठाएर गठबन्धन सरकार रेमिट्यान्स आइरहेको छ भनेर खुसी भइरहेको भए पनि यो दिगो नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धराशायी अरू केही पनि हुँदैन’, उहाँले भन्नुभयो ।
देशलाई दिगो विकास तर्फ लैजानु पर्ने बताउँदै ओलीले यसको लागि देशमा नै अवसर सिर्जना गर्नुपर्ने प्रष्ट पार्नुभयो । त्यसैले युवालाई देशमा नै बस्ने र गरिखाने वातावरण बनाउनु पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई