महिलालाई प्रशिक्षक बनाउन अनेमसंघले दियो प्रशिक्षण तालिम


काठमाडौ । पार्टीका कार्यक्रमहरुमा महिला प्रशिक्षकको संख्या बढायन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले पहल थालेको छ । त्यसका लागि महिला नेताहरुलाई प्रशिक्षकका रुपमा तयार पारिदै छ । नेकपा एमाले पार्टी र त्यससंग सम्बन्धित विभिन्न विभाग र तहमा प्रशिक्षकका रुपमा पुरुषको बाहुल्यता छ । प्रशिक्षणमा महिला संख्या बढाउन पहल थालिएको हो । त्यसका लागि अनेमसंघ केन्द्रीय प्रशिक्षण विभागले प्रदेशहरुमा प्रशिक्षक प्रशिक्षण तालिम दिन थालेको छ ।
अनेमसंघ केन्द्र र लुम्बिनी प्रदेश कमिटीको संयुक्त आयोजनामा बुटवलको रुपन्देहीमा ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ । परिक्षाको शैलिमा गरिएको प्रशिक्षणमा उतिर्ण भएकाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । माघ १७ देखि १९ गतेसम्म पुष्षलाल स्मृति भवन बुटवल रुपन्देहीमा गरिएको प्रशिक्षणमा अनेमसंघका स्थानिय तथा केन्द्रीय नेता सहभागी भएका थिए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा अनेमसंघ इन्चार्ज सिता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेमसंघ अध्यक्ष टुका भद्रा हमाल, अनेमसंघ केन्द्रीय उपाध्यक्ष एवं प्रशिक्षण विभाग संयोजक शर्मिला कार्की लगायतको सहभागीता थियो । प्रदेश कमिटी अध्यक्ष पम्फवाती खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, पार्टी लुम्बिनी प्रदेश स्कुल विभाग सचिव युवराज न्यौपाने, नेकपा एमाले केन्द्रिय सदस्य एवं अनेमसंघका महासचिव पेम्वा लामा , अनेमसंघका केन्द्रिय पदाधिकारी र प्रशिक्षण विभगका सदस्यहरुले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणमा मार्क्सवादी दर्शन, जनताको बहुदलिय जनवाद, जबजका चौध विशेषता, दशौ महाधिवेशनका कार्यदिशा, नेपाली महिला आन्दोलन, अनेमसंघ, अनेमसंघको उपलब्धी र भावी कार्यदिशा , संगठन निर्माण, परिचालन र व्यबस्थापन, जनप्रतिनिधि र अनेमसंघको अन्तर सम्बन्ध, पार्टी र जनसंगठनको अन्तर सम्बन्ध, महिला हिंसा अन्त्य सम्बन्धि महासन्धिहरु, आर्थिक व्यबस्थापन, सास्कृतिक रुपान्तरण, उद्यमशिलता र आर्थिक शसक्तिकरण, नेतृत्व विकास, संचार, प्रविधि र महिला, सहजिकरण लगायत समसामयिक विषयहरुमा प्रशिक्षित गरिएको थियो। अखिल नेपाल महिला संघका नेताहरुलाई प्रशिक्षकको रुपमा तयार गर्न र पार्टीका प्रशिक्षणहरुमा पनि महिलाहरुलाई प्रशिक्षकको रुपमा स्थापित गर्ने उद्देश्यका साथ यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस  
मुलुक संघीयताको कारण कमजोर भयो भन्ने भ्रामक प्रचार मात्र हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा बढ्दो निराशाको कारण गलत तत्त्वहरू सक्रिय हुन

नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकाल्दै नेपाल फाईनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा प्रबेश गरेको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी ,एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो आयो ट्वीट

  सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले विश्वासका साथ

मैले पानी जहाजको कुरा गर्दा केही मानिसले कुरा बुझेनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताउनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई