अहिलेको अबस्था कहालिलाग्दो छ : विष्णु पौडेल


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अहिलेको परिस्थिति कहालीलाग्दो रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको हरेक क्षेत्र समस्यामा मात्र होइन गम्भीर समस्यामा परेको बताउनुभयो । ‘गठबन्धन सरकारको अकर्मण्यता, अयोग्यता, सत्ता लिप्सा र स्वार्थले गर्दा देश आज छियाछिया भएको छ’, पौडेलले भन्नुभयो ।
पौडेलले अहिले देश मल्टी अर्गान फेलियरको अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । ‘जता हेर्‍यो खराब छ, देशलाई यो ठाउँमा ल्याउने काम अहिलेको गठबन्धन सरकारले गरेको हो’, उहाँले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, अर्थतन्त्र सुशासन, कृषि, पर्यटन काहीँ पनि चित्त बुझाउने अवस्था नरहेको पौडेलले बताउनुभयो । यस विषयमा पत्रकारले अझ बुलन्द आवाज उठाउनु पर्ने अवस्था रहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले प्रतिपक्षमा रहेको नाताले एमालेले पनि यी आवाज सशक्त रूपमा उठाउने पौडेलले बताउनुभयो ।
अहिलेको सत्ताले प्रतिपक्षमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरेकोले प्रतिपक्षका आवाजलाई उपेक्षा गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । यस अर्थमा एमालेको आवाज र आन्दोलन थप सशक्त हुने उहाँले बताउनुभयो । सदनमा प्रतिपक्षीले उठाएको आवाज सुनुवाइ नभए सडकबाट पनि सशक्त दबाब दिने अवस्था आउने पौडेलले चेतावनी दिनुभयो ।
अहिले साधारण खर्च धान्ने राजश्व समेत सरकारले उठाउन नसकेको पौडेलले बताउनुभयो । अन्तराष्ट्रिय सहयोग र अनुदानमा गिरावट आएकोले देश टाट पल्टने अवस्थामा पुगेको भन्दै पौडेलले चिन्ता व्यक्त गर्नुभयो । मुलुकको अर्थतन्त्रको समस्या समाधान त परै जाओस् अहिलेको सरकारले अर्थतन्त्रको समस्या समेत बुझ्न नसकेको पौडेलले बताउनुभयो ।
जनता र राष्ट्रका माग सम्बोधन गराउन अब सशक्त जनदबाब आवश्यक रहेको पौडेलको धारणा छ । ‘जनताको आवाज सुन्नै पर्ने दबाब सिर्जना गर्न हामी जनताको बिचमा जाने छौँ’, उहाँले भन्नुभयो ।
प्रेस स्वतन्त्रता, मानवअधिकार र जनअधिकारको पक्षमा सशक्त जनमत सिर्जना गर्नुपर्ने पौडेलले बताउनुभयो । त्यसको लागि सञ्चार क्षेत्रले एमालले साथ दिनु पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मुलुक संघीयताको कारण कमजोर भयो भन्ने भ्रामक प्रचार मात्र हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा बढ्दो निराशाको कारण गलत तत्त्वहरू सक्रिय हुन

नेदरल्यान्डमाथि ६ विकेटको शानदार जित निकाल्दै नेपाल फाईनलमा

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनलमा प्रबेश गरेको छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी ,एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो आयो ट्वीट

  सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले विश्वासका साथ

मैले पानी जहाजको कुरा गर्दा केही मानिसले कुरा बुझेनन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताउनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई