आम रुपमा युवाहरुमा जागिरे प्रवृत्ति विकास भएकाे छ : केपी ओली
झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू उद्यमशिल हुनुपर्ने बताउनु भएको छ।
झापा इनर्जी लिमिलेडले निर्माण गरेकाे १० मेगावाट क्षमताकाे ग्रीडमा जडित साैर्य विद्युत परियाेजनाकाे आज शिवसताक्षी नगरपालिका-४ मा उद्घाटन गर्दै अध्यक्ष ओलीले युवाहरुले जागिरे भन्दा पनि उद्यमशिल प्रवृत्ति अपनाउनुपर्ने बताउनुभयाे।
आम रुपमा युवाहरुमा जागिरे प्रवृत्ति विकास भएकाे अध्यक्ष ओलीले बताउनु भयो । उहाँले जागिरे प्रवृत्ति हाेइन उद्यमशिलताकाे प्रवृत्ति अपनाउनु पर्ने सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयाे, ‘आज आम रुपमा युवाहरुमा जागिरे प्रवृत्ति विकास भएकाे देखिन्छ, हामीले जागिरे प्रवृत्ति हाेइन उद्यमशिलताकाे प्रवृत्ति अपनाउनुपर्छ, आफैं उद्यमि हुने, सानाठूला उद्यमहरु आफैंले स्थापना र सञ्चालन गर्ने, आफैं नसके अरु साथीभाइसँग मिलेर चलाउने, झापा इनर्जी मिलेर चलाएकाे पाएँ, याे राम्राे कुरा हाे।’
झापा र काेशीसँगै देशकाे विकासका लागि साे परियाेजना अत्यन्तै महत्वपूर्ण रहेकाे उहाँले बताउनु भयाे । साे परियाेजना काेशीकाे सबैभन्दा ठूलाे र देशका ठूला साैर्य परियाेजनाहरुमध्येकाे एक परियाेजना भएकाे अध्यक्ष ओलीले बताउनुभयाे ।
उद्यमशिलताकाे प्रवर्द्धन र देशकाे विकासमा साे परियाेजनाले महत्वपूर्ण याेगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
पानी मात्र नभएर हावा र सूर्यबाट पनि बिजुली निकाल्न सकिने अध्यक्ष ओलीले बताउनुभयाे । आफू प्रधानमन्त्री भएका बेला हाइड्राे इनर्जीकाे अवधारणा ल्याएकाे स्मरण गर्दै उहाँले हाल काठमाडाैं विश्वविद्यालयले यसकाे अनुसन्धान गरिरहेकाे बताउनुभयाे ।