गिरीबन्धु टि स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय बदर
काठमाडौं । सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेट प्रालिको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्न दिने निर्णय बदर गरिदिएको छ। प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो।
तत्कालीन मन्त्रिपरिषद बैठकले २०७८ वैशाख १३ गते गिरीबन्धु टि स्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने निर्णय गरेको थियो। उक्त निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ ग लगायतका कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको नदेखिएको सर्वोच्चले बदर गरिदिएको हो।