एमाले दोलखाको अध्यक्षमा गुरुङ प्यानलबाट श्रेष्ठ बिजयी, पोखरेल प्यानलका इश्वरचन्द्र पोखरेल पराजित


 

दोलखा, माघ २५ । नेकपा एमाले दोलखाको अध्यक्षमा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ प्यानलका नरबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । आज सम्पन्न १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्धर्पी आनन्दप्रसाद पोखरेल प्यानलका इश्वरचन्द्र पोखरेल र प्यानल बिहिन भरत दुलाललाई पराजीत गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी हुनुभएको हो ।

श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरी विजय हुनुभएको हो । उहाँले निकटतम प्रतिद्धन्द्धी इश्वरचन्द्र पोेखरेलाई ९५ मतान्तरका साथ पराजित गर्नुभएको छ । पोखरेलले २ सय ३८ मत पाउनु भएको छ । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत मात्रै पाउनु भएको छ ।

बिजयी श्रेष्ठ ९औं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसपटक पनि पुनः निर्वाचित हुनुभएको हो । यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर बिजयी हुनुभएको छ । मानन्धर ३ सय ३६ मतसहित विजयी हुनुभएको हो ।

मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गर्नुभएको छ । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाउनु भएको छ ।

यस्तै, एमाले दोलखाको सचिवमा स्वयमवहादुर खड्का विजयी हुनुभएको छ । गौरशंकर गाउँपालिकाका संस्थापक अध्यक्ष खड्का ३ सय ४ मत प्राप्त गरी बिजयी हुनुभएको हो । खडकाले प्रतिस्पर्धी कृष्ण वस्नेतलाई २० मतले पराजित गर्नुभयो ।

यस्तै उपसचिवमा हरि ओली र कमला बस्नेत र्निाचित हुनुभएको छ । पदाधिकारीमा निर्वाचित उपसचिव ओलीबाहेक सवै अध्यक्ष श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा भाग लिएका नेता हुनुहुन्छ ।

अध्यक्ष श्रेष्ठ एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको निकट हुनुहुन्छ । यस्तै अध्यक्षमा पराजीत पोखरेल अर्का पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेल निकट हुनुहुन्छ ।

दुवै नेताको समुहमा नपरेका भरत दुलालले निर्वाचनमा निकै थोरै मत पाउनु भएको छ । उहाँ प्यानलबिहिन रुपमा चुनावी प्रतिस्पर्धामा उत्रनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस  
प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ

काठमाडौँ २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आनन्द लाग्यो : प्रधानमन्त्री ओली

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी

प्रधानमन्त्री ओलीले मानवसेवा आश्रम भवन निर्माणका लागि आफ्नो एक महिनाको तलव र प्रधम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन

जनतामा निरासाकाे खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेकाे छ  : महासचिव पाेखरेल

नेकपा एमालेका महासचिव शंकर पाेखरेलले देश बलियाे बनाउनका लागि बलियाे शक्तिकाे आवश्यकता रहेकाे बताउनुभयाे ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई