पाकिस्तानमा चुनाव : इमरान समर्थक स्वतन्त्र उम्मेदवार १५० सिटमा अगाडि
काठमाडौँ– पाकिस्तानमा बिहीबार भएको मतदानपछि ढिलो गरी नतिजा सार्वजनिक हुन सुरु भएको छ । पाकिस्तानमा नेसनल एसेम्बली र प्रान्तीय चुनावका लागि बिहीबार निर्वाचन सम्पन्न भएको थियो ।
जारी मतगणनाको नतिजाले पाकिस्तानमा जेलभित्रैबाट निर्दलीय चुनावमा होमिएका इमरान खानले बलियो अग्रता बनाएका छन्। पाकिस्तान तेहरिक ए इन्साफ पार्टी समर्थक निर्दलीय उम्मेदवारहरूले अहिले १५० सिटमा अग्रता बनाएका छन्।ताजा परिणाम ले सेनाको साथ मिलेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ।