एमालेले अगाडि सारेको समाजवादले सबैको अधिकारलाई सम्बोधन गर्ने छ :सचिव अर्याल


तानसेन । नेकपा (एमाले) पाल्पाद्वारा आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षणको अन्तिम दिन बिहीबार पार्टीकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपालका राजनीतिक दलहरूको तुलनात्मक अध्ययन विषयमा प्रशिक्षण दिँदै एमालेले अगाडि सारेको समाजवादले सबैको अधिकारलाई सम्बोधन गर्ने बताउनुभयो ।
उहाँले कांगेसले भन्ने गरेको प्रजातान्त्रिक समाजवाद र एमालेको समाजवादका बारेमा प्रष्ट पार्नुभयो ।


एकका लागि सबै, सबैका लागि एक भन्ने मान्यतामा आधारित अर्थप्रणाली, राज्यप्रणाली, विचार प्रणालीसहितको समाजवादको नारा एमालेले अगाडि सारेको उहाँले बताउनुभयो ।
सचिव अर्यालले समाजवादमा उत्पादनका साधनमा समान पहुँच, उत्पादित वस्तुको समान वितरण, सामूहिक सङ्घर्ष, सभ्य समाज, उन्नत शिक्षा, सबैलाई रोजगारीको व्यवस्था हुने बताउनुभयो ।
जनताको बहुदलीय जनवाद भनेको माक्र्सवादको मूल्य र मान्यताहरूलाई सिर्जनात्मक ढङ्गले लागू गर्ने क्रान्तिकारी सिद्धान्त एवम् कार्यक्रम भएको उहाँले बताउनुभयो ।
एमालेले भनेको समाजवादमा नेपालको विशिष्टता अनुरुपको केही थप विशेषता सहितको नयाँ खाले जनवादी क्रान्तिको सिद्धान्त एवम् कार्यक्रम समावेश हुने सचिव अर्यालले बताउनुभयो ।  पार्टीको केन्द्रीय स्कुल विभागको समन्वयमा भएको प्रशिक्षणमा विहीबार पोलिटब्यूरो सदस्यहरू बैजनाथ चौधरी, संसद ठाकुर गैरे, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, केन्द्रीय स्कुल विभागका सचिव घनश्याम कोइराला र नेकपा (एमाले) पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको नेकपा (एमाले) पाल्पाका उपसचिव दीपक विश्वकर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण

इलाम, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शैय्याको आज

अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु ःप्रधानमन्त्री

झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र

विकास आयोजनाहरुलाई दू्रत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरु समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै

रामको पवित्र जन्मभूूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा को रिसाउँछ जस्तो गर्छाैँ भने हामीले के गरी खान्छौँ ? प्रधानमन्त्री ओली

काठमाडौँ, २३, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिकरुपमा सुन्दर, भौगोलिकरुपमा उर्बर, ज्ञान र संस्कृतिले

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई