समुद्ध नेपालको प्रमुख दुस्मन गठबन्दन सरकारः एमाले उपमहासचिव ज्ञावली


काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदिप कुमार ज्ञावलीले समुद्ध नेपाल सुखि नेपालीको महान लक्ष्य पुरा हुन नदिने प्रमुख शत्रु वर्तमान गठबन्दन सरकार रहेको बताउनु भएको छ ।

कर्णाली प्रदेश सम्पर्क कमिटिको दोस्रो अधिवेनशको काठमाडौंमा उद्घाटन गर्दै उपमहासचिव ज्ञावलीले सत्ता र कुर्चिका लागि जे पनि सम्झौता गर्ने प्रचण्ड नेतृत्वको सरकारकै असफलताका कारण देशका हरेक क्षेत्रमा निराशा बढेदै गएको अरोप लगाउनुभयो ।

‘चालु आर्थिक वर्षको श्रवाणदेखि आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवान थालेको सरकारले अहिलेसम्म १ खर्ब ४७ अर्ब आन्तरिक ऋण निकलिसकेको छ । आर्थिक, कुटनीतिक, सुशासन कायम गर्ने, नागरिकमा आशा जगाउने, रोजगारी सृजना गर्ने देखि बहुआयामीक क्षेत्रमा गठबन्दन सरकार असफल बन्दै गएको छ’ उहाँले थप्नुभयो ‘यसरी फेरीपनि प्रचण्ड जि कुर्चीमा टाँसिएर मात्रै बस्ने हो भने देश थप बर्बादिमा जाने बाहेक कुनै उपलब्धी देखिदैन ।’

अहिलेको सरकारले कर्णालीमा ‘विकास किन्ने’ र ‘विकास खाने’ दुईटा शब्द थप्ने बाहेक अरु केहि उपलब्धी हाँसिल नभएको बताउनु भएका उपमहासचिव ज्ञावली यो विकास किन्ने र यो विकास खानेलाई कसरी हटाउने हो ? कर्णालीको समग्र विकासको बाधकका रुपमा रहेको भ्रष्टाचारको दलदलबाट कसरी निकाल्ने ? प्राकृतीक सम्पदाको खानीका रुपमा रहेको कर्णालीलाई समृद्ध बनाउन के गर्ने भन्ने बहस गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएका नेता ज्ञावलीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारकाले कर्णालीको हिल्सालाई अन्तरािष्ट्रय नाकाका रुपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा बढाउने काम भएको जानकारी दिनुभयो ।

‘जलस्रोतको अपार जलभण्डारको रुपमा रहेको कर्णालीको अपार कर्णालीको जिम्मा लिएको भारतको जिएमआरले गएको १५ वर्ष आयोजना होल्ड गरेर राखेकै समयमा कुनै काम नहुदैं, परियोजनाको एउटा चपरीपनि नउठाउँदै प्रधानमन्त्री प्रचण्डाले आप्mनो भारत भ्रमणका बेला सत्ता लम्ब्याउन फुकोट कर्णालीको जिम्मा समेत लगाउनु भएको छ । कर्णालीलाई कसरी माथि उठाउने हो भन्ने एजेण्डा यो सरकारको प्राथमिकतामा छैन्  । त्यसैलेपनि कर्णालीको समग्र विकासका लागि एमालेको विकल्प छैन्’ उप–महासचिव ज्ञावलीले थप्नुभयो ।

पुर्वमन्त्री समेत रहनु भएका नेता ज्ञावलीले राष्ट्रवादीहरुलाई कमजोर बनाएर आत्मसमर्पणवादीहरु र कम्र्फटटेवलहरुलाई सत्तामा ल्याउनु, सु–शासनका संवाहकहरुलाई किनारा लगाएर भ्रष्टका प्रायबाचीलाई सत्तामा राख्ने, वकास समृद्धीका सपना देख्नेहरुलाई मार्जिनलाइज गरेर विकास  किन्ने र विकास खानेलाई केन्द्रमा स्थापित गर्ने जुन ढंगले मुलुकको राजनीतिक जुन ढंगले अगाडी बढिरहेको छ त्यसलाई मेडिकल ट्रममा भन्ने हो भने देश मल्टीअर्गान फेलिएर अवस्थाबाट गुज्रीरहेको उल्लेख गर्नुभयो ।

सम्पर्क कमिटि पार्टीका रिजर्भ फोर्स हुन
पार्टी स्कुल विभागका प्रमुख तथा उपमहासचिव प्रदिप कुमार ज्ञावलीले पार्टीको समग्र संरचना भित्र  सम्पर्क मञ्च र सम्पर्क कमिटिहरु पार्टीको रिजर्भ फोर्सका रुपमा रहेको जानकारी दिनुभयो ।

‘पार्टीले आब्हान गरेका अभियानहरु चाहे आन्दोलनका मोर्चामा, निर्वाचनको समयमा र प्राकृतिक विपत्तिमा जनपरिचालन गर्ने सन्दर्भमा सम्पर्क कमिटिहरुको भूमिका निकै उल्लेखनिय रहेको छ’ उपमहासचिव ज्ञावलीले भन्नुभयो, ‘सम्पर्क समन्वय कमिटि र सात वटौ प्रादेशिक सम्पर्क मञ्चहरुलाई पार्टीको नयाँ संरचना अनुसार सम्पर्क मञ्चका रुपमा रुपान्तरण भएका छन् ।’ यी कमिटिहरुको भूमिकालाई थप प्रभावकारी र सुदृढ बनाउनका लागि पार्टीले आवश्यक योजना निर्माण गर्दैछ ।

कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्यद्धय मोहन बानियाँ, भैरेवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य निरज आचार्य, छक्कबहादुर लामा, नगेन्द्र शाही (नेशनल), दल रावल कल्पना थापालगायतका नेताहरुले संवोधन गर्नुभएको छ ।

कर्णाली प्रदेशका दशवटै जिल्लाबाट काठमाडौंमा अध्ययन, व्यापार व्यावसाय र अन्य कामका सिलसिलामा काठमाडौं वसोवास गर्ने ६०८ जना संगठित सदस्यहरुको तर्फबाट छनोट भएका २१३ जना प्रतिनिधिहरुले आगामी कार्यकालका लागि नयाँ नेतृत्व छनोट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ

काठमाडौँ २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आनन्द लाग्यो : प्रधानमन्त्री ओली

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, स्थित बेलडाँगी खानेपानी

प्रधानमन्त्री ओलीले मानवसेवा आश्रम भवन निर्माणका लागि आफ्नो एक महिनाको तलव र प्रधम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन

जनतामा निरासाकाे खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेकाे छ  : महासचिव पाेखरेल

नेकपा एमालेका महासचिव शंकर पाेखरेलले देश बलियाे बनाउनका लागि बलियाे शक्तिकाे आवश्यकता रहेकाे बताउनुभयाे ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई