सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी ,एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको यस्तो आयो ट्वीट
सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच खटपट देखिएपछी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले विश्वासका साथ प्रयोग भइरहेको घोडा र तवेलामा बांधेर विश्वासका साथ जगेडामा राखिएका घोडा – लाई स्वाभिमानी नागरिकले समयमै चिन्हौं भन्नुभएको छ ।
माओवादी केन्द्रले फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेपछि २०७९ फागुनमा बनेको कांग्रेस, माओवादीसहित निर्वाचनअघिको गठबन्धन फेरि संकटमा पर्ने आशंका गर्न थालिएको बेला पोखरेलको ट्वीट आएको हो ।
पोखरेलको ट्वीट
अहिले विश्वासका साथ प्रयोग भइरहेको घोडा र तवेलामा बांधेर विश्वासका साथ जगेडामा राखिएका घोडा – लाई स्वाभिमानी नागरिकले समयमै चिन्हौं ! मालिककै मुखबाट सार्वजनिक भैसकेपछि कहिं कतै अलमलिनुपर्ने आवश्यकता नै के रह्यो र !?