मुलुक संघीयताको कारण कमजोर भयो भन्ने भ्रामक प्रचार मात्र हो : शंकर पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा बढ्दो निराशाको कारण गलत तत्त्वहरू सक्रिय हुन थालेका बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल महोत्तरीले शनिबार जलेश्वरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यसले समाजलाई असुरक्षित बनाउने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो ।
नेपालको हितको पक्षमा अन्तराष्ट्रिय सम्बन्धलाई प्रयोग गर्ने कुरामा पनि सरकार असफल भएको उहाँले बताउनुभयो । ‘सरकार नेपालका सरोकारका विषयलाई सम्बोधन गर्नै सक्दैन, विदेशीले जे भन्छन् त्यही गर्नु पर्ने लाचार सरकारका रूपमा अहिलेको सरकारको अवस्था छ’, उहाँले भन्नुभयो ।
अहिले सरकारमा रहेका दलहरूका बिचमा पनि खटपट सिर्जना भएको पोखरेलले बताउनुभयो । त्यसो भएकोले यो सरकारबाट कुनै आशा गर्न नसकिने उहाँले टिप्पणी गर्नुभयो ।
जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्नु आजको प्रमुख अभिभारा रहेको उहाँले बताउनुभयो । त्यो काम नेकपा एमाले बाहेक अरूले गर्न नसक्ने देखिएको पोखरेलको भनाई छ । त्यसको लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनु पर्ने भएकोले एमालेले मिसन २०८४ भनिरहेको पोखरेलले बताउनुभयो ।
पोखरेलले जसले अस्थिरता निर्माण गर्न खोजेका छन् उनीहरू समाधान नभएर समस्या मात्र भएको बताउनुभयो । उनीहरूले देशमा समाधान दिन नसक्ने पोखरेलले प्रष्ट पार्नुभयो ।
मुलुक संघीयताको कारण कमजोर नभएको पनि उहाँले बताउनुभयो । संघीयतामा गएका मुलुकहरूले गरेको प्रगतिको उदाहरण दिँदै उहाँले यो संघीयता विरोधीले गरेको भ्रामक प्रचार मात्र भएको स्पष्ट पार्नुभयो । कुनै पनि खालको अस्थिरता नेपाल र नेपाली जनताको लागि उचित हुन नसक्ने पोखरेलले बताउनुभयो ।
नेपाललाई प्रयोगशाला बनाउने काम भइरहेको बताउँदै उहाँले यसरी देशले सही बाटो लिन नसक्ने उहाँले बताउनुभयो । क्षेत्रीय पार्टीहरू असफल भइसकेकाले अब राष्ट्रिय पार्टीलाई बलियो बनाउनुको विकल्प नभएको पोखरेलको धारणा छ । क्षेत्रीय राजनीतिक दलले देशको विकास गर्न नसक्ने बताउँदै उहाँले देश बनाउन बलियो राष्ट्रिय शक्ति नै आवश्यक रहेको बताउनुभयो ।
समृद्धिको लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक रहेको उहाँले बताउनुभयो । विश्वको विकास र समृद्धिलाई हेर्दा यही कुरा देखिएको उहाँले प्रष्ट पार्नुभयो । ‘जसले काम गर्न सक्दछ, त्यसलाई लामो समय काम गर्न दिने हो भने देश बन्दछ, जसले काम गर्न सक्दछ त्यसैलाई जिम्मा दिने गरी बलियो राजनीतिक शक्ति निर्माण गर्नुपर्दछ देशको लागि’, उहाँले भन्नुभयो ।
वर्तमान सरकारको जनविरोधी, राष्ट्र विरोधी र असक्षमताले सीमा नाघेको पोखरेलले बताउनुभयो । यसका विरुद्ध जनतामा जाने सोच एमालेले बनाएको जानकारी दिनुभयो । संसद्लाई पनि आगामी दिनमा त्यही अनुसार उपयोग गर्ने उहाँले बताउनुभयो । ‘जनता सरकार विरुद्धमा छन्, व्यवस्थाका विरुद्ध होइन भन्ने कुराको सन्देश दिने सोचका साथ हामी अगाडि बढ्ने तयारीमा छौँ’, उहाँले भन्नुभयो ।
केही समय अगाडि एमालेले मध्यपहाडमा समृद्धिका लागि संकल्प यात्रा सञ्चालन गरेको उहाँले स्मरण गराउनुभयो । सो यात्राले नागरिकमा आशा जगाउने काम गरेको उहाँले बताउनुभयो । अब हुलाकी मार्ग केन्द्रित त्यस्तै खालको यात्राको पार्टीले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । मधेसको विकास समृद्धिको लागि अब नेकपा एमाले आवश्यक छ भन्ने सन्देश दिन जरुरी रहेको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ

चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेका

पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया

बडादशैंको महत्व झनै बढेर गएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, असोज २५ । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले बडादशैं पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई