सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने एमाले उपाध्यक्ष पौडेलको दावी
जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने बताउनु भएको छ । आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुग्नुभएका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा उक्त कुरा बताउनु भएको हो ।
जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग भन्नुभयो आफै भित्रका समस्या र अन्तर्विरोधका कारण गठबन्धन कुनै बेला पनि टुट्न र फुट्न सक्छ ।
सत्ता गठबन्धन फुटिहाले एमालेले काँध थाप्छ कि थाप्दैन भन्ने पत्रकारको प्रश्नमा पौडेलले भन्नुभयो ‘के को काँध थाप्नु ? काँध थाप्ने,नथाप्ने प्रश्न नै होइन । पहिले गठबन्धन कुन रूपमा अगाडि बढ्छ हेरौँ न, ।