फागुन २१ को सम्झनामा –


——————————————-
आजभन्दा ५० वर्ष अघि –
संधै झैं २०२९ साल फागुन २२ गते सांझपख हामी केही युवा साथीहरू जनकपुरको भानुचोक कै दक्षिणमा रहेको एउटा सानो कल्भर्टमा जम्मा भयौं । ‘आंखा‘ साहित्यिक पत्रिकाका सम्पादक तथा मिल्ने साथी लक्ष्मण खरेलले हातमा एउटा पत्रिका बेरेर ल्याएका थिए । उनले ल्याएको पत्रिकाप्रति त्यहां रहेका अरू सबैको उत्सुकता पोखियो । उनले आफूले ल्याएको पत्रिका फैलाउंदै गंभीर मुद्रामा भनेका थिए – ‘ झापामा सरकारले नेत्रहरूलाई गोली हानी हत्या गरेछ !’
सांझ परेर अध्यारो भैसके पनि मैले त्यसबेला उनको हातमा रहेको ‘गोरखापत्र ‘ तानेर लिएको थिएं । नजिकै रहेको बिजुलीको पोल छेउ उभिएर टिमटिम गर्दै बलिरहेको उज्यालोमा मैले केही छिनमै त्यो समाचार त्यहां रहेका सबैलाई पढेर सुनाएको थिएं !झापाली क्रान्तिकारीहरू – नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुईंकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा जेलबाट इलाम जेल सार्ने निहूंमा सुखानीको जंगलमा गोली हानी हत्या गरिएको समाचार छापिएको थियो ।
समाचार सुनिसकेपछि केही छिन त हामी विच सन्नाटा छाएको थियो । हामी सबै केही नबोली अध्यारो अनुहार लगाएर बसेका थियौं । त्यतिबेला हामी सबैका आंखा रसाएका थिए । हामीमध्ये केही त रोएकै थियौं । हामीले एक अर्काको हात समातेका थियौं र आंशु पुच्छदै हत्याको बदला लिने संकल्प गरेका थियौं । हामीमा त्यो अठोट त्यसवेला कसरी आयो – भन्न सक्तिन ।त्यसवेला त्यहां रहेका हामी सबैको मन एकैचोटी बोलेको थियो । त्यसदिन हामी केही परसम्म संगै हिंडेर छुट्टिने वेलामा हात मिलाउंदा पनि बोल्न सकेका थिएनौं । अहिले पनि म सम्झिरहेको छु – त्यस रात अबेलासम्म म सुत्न समेत सकेको थिईंन । अहिले ५० वर्ष पुरा भैसकेको छ । झापाली क्रान्तिकारी शहीदहरूको सम्मानमा त्यसवेला आफ्ना आंखाबाट बगेका आंशुलाई मैले अहिलेसम्म बिर्सन सकेको छैन । र, कहिल्यै बिर्सने पनि छैन ।
झापा संघर्षले आमुल परिवर्तनको उद्देश्य राखी सल्काएको परिवर्तनको झिल्को आजको नेकपा (एमाले) को रूपमा मैदानमा आएकोछ । अहिले यो सबै किसिमका चुनौतीहरूको सामना गर्दै मुलुकभरि नै चहकिलो उज्यालो बनेर फैलिइरहेको छ ।
शहीदहरूका सपना साकार पार्ने अभियान जारी छ !!
हार्दिक श्रद्धान्जली अमर शहीदहरू !!
प्रतिक्रिया दिनुहोस  
विद्या भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउने चाहना व्यक्त गर्नुभएको छैन ः शेरधन राई

काठमाडौं- नेकपा एमालेको स्थायी समितीका सदस्य एवं कोशी प्रदेशका इन्चार्ज शेरधन राईले विद्या भण्डारीले सक्रिय

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

  नेपाल कम्युनिष्ट पार्टी एमाले  निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने

संवैधानिक पदाधिकारी नियुक्ति विवादको फैसला असार १८ मा गर्ने

विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं, जेठ २८ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई