जव एमालेका उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीको प्रस्ताव् अस्वीकार गरे


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विष्णु पौडेललाई उपप्रधानमन्त्री बनाउन खोज्दा नमानेको बताउनु भएको छ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञको आज आयोजित समापन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पौडेल लाई मन्त्री बनाउन खोज्दा नमानेको बताउनु भएको हो ।
अध्यक्ष ओलीले ‘फेरि मन्त्री बन्नौं भनेको नमानेर पूर्वै बन्न खोजको विष्णु पौडेल जी’ भन्दै सम्बोधन शुरु गर्नुभएको थियो . ‘उपप्रधानमन्त्री, मन्त्री बन्नुस् भन्दा नमानेर मसँगै आउनुभएका पूर्व उपप्रधानमन्त्री । आज फेरि बन्नौं भनेको नमानेर पूर्वै बन्न खोजको विष्णु पौडेल जी’ ओलीले भन्नुभयो ।

सोही कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो– देशमा धर्म र जातका नाममा अशान्ति फैलाउने, समाजलाई भड्काउने कोसिस भइरहेकाले यसतर्फ सजग हुनुपर्दछ ।
नेपाल धार्मिक तथा सामाजिक सहिष्णुता भएको देश भएको बताउँदै अध्यक्ष ओलीले नेपालमा जबै जातजाति, धर्म समुदाय मिलेर बसेको बताउनुभयो । धर्मको नाममा कतिपय देश विभाजित भएका भए पनि नेपालमा धर्म र जातजातिले नै राष्ट्रिय एकता कायम गरेको बताउनुभयो ।
उहाँले पञ्चकोट धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित हुँदै गएकाले यसलाई थप विकसित गर्दै लैजानुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

काठमाडौं । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण

उपनिर्वाचनको मिति तोक्न आयोगको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज

नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई