एमालेले भविष्यलाई हेरेरै अहिलेको सत्ता सहकार्य गरेको हो : शंकर पोखरेल


 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले समाजवादी मोर्चा बनाउने सोचले नयाँ सत्ता समीकरण नगरेको बताउनुभएको छ ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले भक्तपुरमा आयोजना गरेको वाग्मतीका पार्टी अध्यक्ष तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पोखरेलले अहिले मोर्चा बनाउने वा वामपन्थी गठबन्धन बनाउने सोचका साथ सत्ता परिवर्तनको काम नभएको बताउनुभयो । ‘बाहिर चर्चामा आए जस्तो अहिले नै समाजवादी मोर्चा बनाउने, वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने सोचबाट निर्देशित भएर हामीले यो कामहरू गरेको होइन, अहिले संसदमा रहेको वामपन्थी दलहरू मात्रै मिलेर वैकल्पिक सरकार दिन सक्ने अवस्था पनि छैन’, उहाँले भन्नुभयो ।

वामपन्थी गठबन्धन वा समाजवादी मोर्चा जस्ता कुरा गर्न थालियो भने अर्को मोर्चा पनि तयार हुन सक्दछ भन्ने कुरा बुझ्नु पर्ने पोखरेलको भनाइ छ । ‘जे सच्चाई हो त्यो सच्चाइलाई बुझेर नै प्रतिकूलतालाई अनुकूलतामा बदल्नु पर्दछ भन्ने मान्यता राख्यौँ हामीले राखेका छौँ’, पोखरेलले भन्नुभयो ।

चार पार्टीसँग एकीकृत समाजवादीलाई पनि जोड्नु पर्छ भनेर मेहनतका साथ एकीकृत समाजवादी पार्टीलाई सरकारमा जोडेको पोखरेलले बताउनुभयो । अहिले यही समीकरणलाई सहज रूपमा अघि बढाउने हिसाबले काम गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । अहिलेको सहकार्य सरकार निर्माणको लागि मात्र भएको उहाँले स्पष्ट पार्नुभयो ।

एमालेको ध्यान अहिले पनि मिसन २०८४ मा नै केन्द्रित रहेको उहाँले बताउनुभयो । एमालेले भविष्यलाई हेरेरै अहिलेको सत्ता सहकार्य गरेको पोखरेलले प्रष्ट पार्नुभयो ।

अर्को प्रसङ्गमा पोखरेलले एमाले सत्ताबाट हटेपछि स्थानीय तहले पनि समस्या भोग्नु परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तिर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ :प्रधानमन्त्री

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा

एमालेका महासचिव शंकर पोखरेलको आयो कडा स्टाटस

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको

रवि बिरुद्ध विश्वप्रकाशको कडा ट्विट समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणका दोषी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ : प्रधानमन्त्री ओली

  काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई