एमाले सुर्खेतकाे अध्यक्षमा यमलाल कँडेल समुहका कुलमणि देवकाेटा अत्याधिक मतले प्यानल सहित निर्वाचित
सुर्खेत । नेकपा एमाले सुर्खेतकाे अध्यक्षमा कुलमणि देवकाेटा निर्वाचित भएका छा् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा देवकाेटाले निवर्तमान अध्यक्ष अमृत विसीलाई अत्याधिक मतान्तरले हराउँदै विजयी भएका हुन् ।
देवकोटाले ३५१ मत पाएका छन् । प्रतिद्वन्द्वी अमृत विसीले १३२ मत पाए ।
पदाधिकारीमा देवकोटाको प्यानलै विजयी भएका छन् । उपाध्यक्ष माेहन बडुवालले ३४६, सचिवमा डम्बर तिवारीले २९१, उप-सचिव खुलामा टिकाराम साेमैले ३२४ र महिलामा सुशील विश्वकर्माले ३३५ मत ल्याएर विजयी भएका हुन् ।
यमलाल कँडेल र गोरख बोगटीले नयाँ नेतृत्व छान्न सहमति गर्न नसक्दा दुवै नेताको नाममा प्यानल खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ । कँडेल समुहले देवकाेटालाई अगाडि सारेको थियो भने वोगटीले विसीलाई अगाडि सारेको थियो । वोगटी सुर्खेत जिल्ला ईन्चार्जसमेत हुन ।अधिवेशनको उद्घाटन गर्न सुर्खेत गरेका एमाले महासचिव शंकर पोखरेलले नयाँ नेतृत्व छनोटका लागि सर्वसम्मत गर्न निर्देशन दिएरका थिए ।